दोस्रो चरणको छलफलमा जुटे विमलेन्द्र, शशांक र प्रकाशमान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दोस्रो चरणको छलफलमा जुटे विमलेन्द्र, शशांक र प्रकाशमान


११ असार २०७८, शुक्रबार


काठमाडौँ। नेपाली काँग्रेसका तीन नेताले आसन्न १४ औं महाधिवेशनमा नयाँ समीकरण निर्माणका लागि छलफल दोस्रो चरणको छलफल थालेका छन् । महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा, उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच छलफलमा जारी छ ।

कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार सोमबारको बैठकको निरन्तरता स्वरुप तीन नेताबीच आज शुक्रबार विहान ११:४५ बाट छलफल चलिरहेको छ ।

सोमबार निधि, सिंह र कोइरालाबीच बानेश्वरस्थित निधि निवासमा छलफल गरेका थिए । सोही साझा निधिले संस्थापन इत्तर पक्षका ९ जना युवा नेतासँग पनि छलफल गरेका थिए । युवा नेताहरुले पार्टीमा रुपान्तरण र पुस्तान्तरणको एजेण्डामा साथ दिने बताएका थिए ।

काँग्रेस सभापति शेरबहादुर देउवा १४ औं महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा जुटेपछि दोस्रो तहका नेताहरु नयाँ समीकरणको खोजीमा जुटेको देखिन्छ ।

निधिले सुरुमा देउवासँग आफूलाई सभापतिमा समर्थन गर्न आग्रह गरेका थिए । देउवा समर्थन नगर्ने अडान लिएपछि निधिले प्रकाशमान र शशांकसँग आन्तरिक छलफल अगाडि बढाएको पाइन्छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आफू पक्षीय नेताको बैठक बोलाएका छन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस