खुला विश्वविद्यालयद्वारा उपकुलपति र कुल सचिवका लागि दरखास्त आह्वान « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

खुला विश्वविद्यालयद्वारा उपकुलपति र कुल सचिवका लागि दरखास्त आह्वान


११ असार २०७८, शुक्रबार


काठमाडौँ । नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुल सचिव पदमा नियुक्तिका लागि नाम सिफारिस समितिले दरखास्त आह्वान गरेको छ।

उपकुलपतिका लागि प्राध्यापन वा अनुसन्धानको क्षेत्रमा कम्तिमा २० वर्ष काम गरेको अनुभव हुनुपर्ने र कुल सचिव पदमा नियुक्तिका लागि प्राध्यापन, अनुसन्धान वा प्रशासनको क्षेत्रमा १५ वर्ष काम गरेका हुनुपर्ने प्रवधान रहेको समितिले जनाएको छ ।

समितिले आज एक सुचना जारी गर्दै योग्य र इच्छुक व्यक्तिले सुचना प्रकाशनको ७ दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वा शिक्षा मन्त्रीको सचिवालयमा इमेल गरी दरखास्त आवेदन पेश गर्न सकिने सूचनामा उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस