अमेरिकामा १२ तले भवन भत्किँदा एक जनाको मृत्यु, दजनौं बेपत्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अमेरिकामा १२ तले भवन भत्किँदा एक जनाको मृत्यु, दजनौं बेपत्ता


११ असार २०७८, शुक्रबार


अमेरिका । अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा एक भवन भत्किँदा एक जनाको मृत्यु भएको छ भने दजनौं सम्पर्क बिहिन भएका छन्।

मयामीको उत्तरमा पर्ने सर्फसाइड क्षेत्रको सो भवन सन् १९८० मा बनेको थियो । त्यसमा २३० वटा फ्ल्याट थिए । तीमध्ये आधाजसो भत्किएको बीबीसीले जनाएको छ ।

उक्त भवनमा १०२ जना मानिस बसोबास गर्दै आएको अधिकारीहरुले बताएका छन्। तर, दुर्घटनाका बेला कति मानिस थिए भन्ने अहिलेसम्म खुल्न नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन्।

स्थानीय समयअनुसार बिहीबार मध्यराति साढे १ बजे भवन भत्किएको थियो। दुर्घटनामा ठूलो क्षति भएको अधिकारीहरुले अनुमान गरेका छन्।

सो घटनापछि धेरै ल्याटिन अमेरिकी प्रवासीहरु सम्पर्कमा नरहेको सूचना वाणिज्य दूतावासले दिएको छ । सम्पर्कविहीन हुनेमा पाराग्वेकी प्रथम महिलाका नातेदार पनि रहेको पाराग्वेका अधिकारीहरुले दिएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस