२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा १६ अंकको गिरावट, कारोबार ७ अर्बमा सिमित

अ+ अ-

काठमाडौँ । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार कारोबार रकम र सूचक दुवैमा गिरावट आएको छ।

नेप्से १६ अंकको गिरावटसहित २८४३ विन्दुमा झरेको छ। २० अर्ब नजिक पुगेको कारोबार रकम पनि बिहीबार ७ अर्ब रुपैयाँमा सीमित भएको छ।

आजको कारोबार रकम पछिल्लो डेढ महिनाको अवधिमा सबैभन्दा कम हो। यसअघि गत वैशाख अन्तिम सातातिर दैनिक कारोबार रकम चारदेखि ६ अर्ब रुपैयाँमा सीमित भएको थियो। त्यसपछि दैनिक २० अर्ब रुपैयाँसम्म पुगेको कारोबार रकम दिनदिनै ओरालो लाग्दै सात अर्ब रुपैयाँ सीमित भएको हो।

मंगलबार एकैदिन करिब ८० अंकले बजार उकालो लागेको थियो। तर बुधबार र बिहीबार गरी झन्डै ९० अंकले बजार ओरालो लागेको छ। बिहीबार २१९ कम्पनीको एक करोड २४ लाख कित्ता सेयर सात अर्ब तीन करोड रुपैयाँमा किनबेच भएका छन्।

२७ कम्पनीको सेयर मूल्य बढेको छ भने बाँकी नौ कम्पनीको मूल्य स्थिर रहँदा बाँकी कम्पनीको घटेको छ। बिहीबार माथिल्लो तामाकोशीको सेयर मूल्य १० प्रतिशतले बढेपनि अन्य कम्पनीको सेयर मूल्य २÷३ प्रतिशतभन्दा धेरै बढ्न सकेन।

त्यस्तै, न्याग्दी ग्रुप, नेपाल इन्स्योरेन्सको सेयर मूल्य भने अधिकतम ५/५ प्रतिशतसम्म घटेको छ। होटल तथा पर्यटन र जलविद्युत समूह हरियो भएपनि बाँकी सबै उपसमूह रातो भएका छन्। जीवन र निर्जीवन बीमा समूह सर्वाधिक १५० अंक हाराहारी घटेका छन्।

नेपाल पुनर्बिमा कम्पनीको बिहिबार पनि सर्वाधिक ३७ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ। नेपाल इन्स्योरेन्सको ३५ करोड, माथिल्लो तामाकोशीको २८ करोड ९२ लाख, नेशनल हाइड्रोपावरको २२ करोड ८० लाख र एचआइडिसिएलको १९ करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस