२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हेटौंडा उपमहानगरपालिकाको बजेट २ अर्ब ६० करोड (पुर्णपाठसहित)

अ+ अ-

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरसभाको बिहीबार बसेको नवौं बैठकमा उपमेयर मीनाकुमारी लामाले नीति तथा कार्यक्रमसहित आगामी आवका लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । यो चालू आवको तुलनामा ६ करोड ७६ लाख १८ हजार रुपैयाँले बढी हो ।

विनियोजित बजेटको खर्चमध्ये आन्तरिक स्रोतबाट २४ करोड ३८ लाख, राजस्व बाँडफाँडबाट ५६ करोड ८ लाख, प्रदेश सरकारका विभिन्न अनुदानबाट प्राप्त १२ करोड ६६ लाख, संघीय सरकारको अनुदानबाट १ अर्ब २ करोड, नगर विकास कोषको अनुदान ९ करोड र चालू वर्षको मौज्दातबाट ५६ करोड बेहोरिने उपमेयर लामाले बताइन् । हेटौंडा वाग्मती प्रदेशको एक मात्रै उपमहानगरपालिका हो ।

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ २५ करोड ८७ लाख, आर्थिक विकासतर्फ १२ करोड ९८ लाख, सामाजिक विकासतर्फ ८१ करोड ९५ लाख, पूर्वाधार विकासतर्फ १ अर्ब ३० करोड ४५ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५ करोड ४४ लाख रुपैयाँ र संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ३ करोड २९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा वडा तथा बस्तीस्तरीय पूर्वाधारका लागि ३२ करोड ७० लाख, हेटौंडामा बसपार्क र टर्मिनल भवन निर्माणका लागि १४ करोड, बहुउद्देश्यीय व्यापारिक भवन निर्माण सुरु गर्न १५ करोड, चक्रपथको स्तरोन्नति गर्न तीन करोड, संघ, प्रदेश र जिल्ला समन्वय समितिसँग साझेदारी आयोजना सञ्चालनका लागि ४ करोड ५० लाख रुपैयाँ तथा कर्रा करिडोर निर्माण गर्न १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको उपमेयर लामाले जानकारी दिइन् ।

उपमहानगरले डाइलसिस मेसिन, प्लाज्मा उत्पादन मेसिन तथा स्वास्थ्य उपकरण खरिदका लागि ५५ लाख तथा औषधि खरिदका लागि ३७ लाख रुपैयाँ विनियोजन गरेको छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रण र उपचारका लागि भने बजेटले चासो दिएको छैन । आगामी आर्थिक वर्षमा विभिन्न खेलकुद कार्यक्रमका लागि ३ करोड ७२ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

नगरसभाले नीति तथा कार्यक्रम र बजेट भने पास गरेको छैन । ‘हामी छलफल गरेर पास गर्नेछौं,’ मेयर हरिबहादुर महतले भने । आफूहरू स्थानीय तहमा निर्वाचित भएर आएपछिको यो अन्तिम बजेट भएकाले अपूरा योजना पूरा गर्ने गरी पुँजी परिचालन गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस