२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कमाण्ड कोर्षले सशस्त्र प्रहरीलाई व्यावसायिक बनाउने विश्वास

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एपीएफ कमाण्ड तथा स्टाफ कोर्सले सशत्र प्रहरीलाई इमान्दार, नैतिकवान, कर्तव्यनिष्ठ र साङ्गठानिक विकासमा योगदान पुर्‍याउन सक्ने गरी पूर्ण व्यावसायिक बनाउन सहयोग गर्ने बताएका छन् ।

छैठौँ एपीएफ कमाण्ड तथा स्टाफ कोर्सको आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा भएको उद्घाटन समारोहमा महानिरीक्षक खनालले मुलुकमा आइपर्ने सुरक्षा चुनौतीलाई विश्लेषण गरी योजनाबद्ध कार्यसम्पादन गर्न उक्त तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। सशस्त्र प्रहरीले सङ्गठनमा आवद्ध अधिकृतको नेतृत्व क्षमता र दक्षता विकास गरी जनशक्ति विकासमा गुणात्मक फड्को मार्ने उद्देश्यकासाथ उक्त कोर्सको शुरुआत गरिएको हो ।

उनले राष्ट्र र नागरिकले चाहे जस्तो सेवा प्रवाहमा तालिम प्राप्त अधिकृतले कार्य क्षेत्रमा खटिई उल्लेख्य योगदान पु¥याउँदै आईरहेको स्मरण पनि गरे । मुलुकको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल सुखी नेपाली’को अवधारणा साकार पार्न, सीमा सुरक्षा, शान्ति सुरक्षा, विपद्बाट नागरिकको सुरक्षा र उद्वारका साथै राष्ट्रियता र सार्वभौमसत्ताको रक्षामा सशस्त्र प्रहरी अहोरात्र खटिँदै आएको समेत उनले जानकारी गराए ।

उनले शान्ति सुरक्षाको माध्यमबाट विकासको वातावरण निर्माण गर्ने कार्यमा आफ्नो ठाउँबाट योगदान पु¥याई रहेको तथा त्यसका लागि सङ्गठनलाई आजको उचाईसम्म पुर्‍याउन योगदान पुर्‍याउने सङ्गठनका अग्रजको योगदानको समेत स्मरण गरे ।

महानिरीक्षक खनालले उच्च शिक्षाले सुशासनको आधारभूत जग निर्माण गर्ने उल्लेख गर्दै अध्ययनशिल र अझै बढी मेहनती भई लाग्न प्रशिक्षार्थी अधिकृतलाई निर्देशन दिए । समारोहमा त्रिभुवन विश्वविद्यालय मानवीकी तथा सामाजिक शास्त्र सङ्कायका डिन प्रा डा कुशुम शाक्यले अन्तर्राष्ट्रियस्तरको एपीएफ कमाण्ड तथा स्टाफ कोर्स सञ्चालनमा सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौती तथा सुरक्षा रणनीति, द्वन्द्व व्यवस्थापन, संयुक्त राष्ट्रसङ्घीय पद्धती, नेतृत्व र विकास, चुस्त तथा व्यवस्थित रुपमा फौजको परिचालन, सीमा भन्सार तथा औद्योगिक सुरक्षा, विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, विपद् व्यवस्थापन, विकास र शान्ति लगायतका विविध विषय समेटिएको छ ।

एपीएफ कमाण्ड तथा स्टाफ कलेज २०७१ साल फागुन २० गते स्थापना भएको हो । उक्त कोर्स त्रिभुवन विश्वविद्यालय मानवीकी तथा सामाजिक शास्त्र सङ्कायमा सुरक्षा, विकास र शान्ति अध्ययनमा स्नातकोत्तरतहमा रहेको छ ।

एक वर्ष ६ महिना अवधिको उक्त अध्ययनमा कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दुई र सशस्त्र प्रहरी नायब उपरीक्षक आठ जना अधिकृतको सहभागीता छ ।

प्रतिक्रिया दिनुहोस