२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोखामा एक अर्ब ८९ करोड ९४ लाखको बजेट

अ+ अ-

काठमाडौँ । टोखा नगरपालिकाले रु एक अर्ब ८९ करोड ९४ लाख ७६ हजारको बजेट नगरसभामा पेश गरेको छ । नगरपालिकाको नवौँ नगरसभामा नगरप्रमुख प्रकाश अधिकारीले आज आर्थिक वर्ष २०७८/०७९ नीति तथा कार्यक्रम प्रस्तुत गर्दे उक्त वजेट पेश गरेका हुन् ।

दोस्रो चरणको कोरोना सङ्क्रमण बढीरहेको बेलामा टोखाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नगरसभामा आव २०७८/०७९ को बजेट पेश गरेको हो ।

टोखाले केन्द्र सरकारबाट प्रदान गर्ने निःशुल्क औषधिको अलावा नगरपालिकाबाट समेत औषधिहरु निःशुल्क उपलब्ध गराउने कार्यक्रम अगाडि सारेको छ । टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालका रुपमा विकास गरिसकिएकाले उक्त अस्पतालबाट उच्चतम सेवा लिन नगरवासीलाई उत्प्रेरित गर्ने भएको छ ।

यस्तै, टोखाले ‘मेयर स्वास्थ्य कार्यक्रम’ र ‘महिला सँग उपमेयर’ स्वास्थ्य कार्यक्रमलाई अगाडि बढाउने भएको छ । एक वडा एक योग ध्यान केन्द्र कार्यक्रमलाई समेत टोखाले अगाडि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । स्वास्थ्यबाहेक वजेटले शिक्षा, उद्योग र पूर्वाधारलाई समेत जोड दिएको छ ।

टोखाले वडागत रुपमा रु दुई करोड ५० लाखको वजेट सिलिङ प्रस्ताव गरेको छ । काठमाडौँ उत्तरी क्षेत्रमा रहेको टोखामा हाल ११ वडा रहेका छन् ।

नगरसभामा नगर उपप्रमुख ज्ञानमाया डङ्गोलले नगरवासीको जीवनरक्षाका लागि नगरपालिकाले अहोरात्र खटेर काम गरिरहेको उल्लेख गरिन् । उनले समृद्ध टोखा नगरपालिका निर्माणका लागि आगामी नीति तथा कार्यक्रमले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । नगरपालिकाको न्यायीक समितिमा चालू आर्थिक वर्षमा ३४ उजुरी दर्ता भएका छन् । दर्ता भएका ३४ उजुरीमध्ये २१ उजुरीको फैसला भएको न्यायीक समितिका सदस्य गोपीकृष्ण पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस