आन्तरिक उडान असार १७ देखि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आन्तरिक उडान असार १७ देखि


९ असार २०७८, बुधबार


काठमाडौँ । कोरोना संक्रमण रोकथाम गर्न वैशाख २० गतेदेखि बन्द गरिएको व्यवसायिक आन्तरिक उडान असार १७ गते देखि सुचारु हुने भएको छ ।

सोमबार मन्त्रिपरिषद्‌ले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने सर्तमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान सुचारु गर्न निर्णय गरेको थियो । उक्त निर्णयलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई भनेको थियो । त्यसअनुसार, पर्यटन सचिव यादव प्रसाद कोइरालाले बधुबार आसार १७ गतेदेखि आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेका हुन् ।

त्यसैगरी अन्तर्राष्ट्रिय गन्तब्यमा भने तोकिएको रुटमा भोली (बिहीबार)बाटै उडान शुरु हुनेछ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । यसअनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।

२५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जानेछ । यो दिन एयर इण्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ । २६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउनेछ । टर्की एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने छ । यो दिन एयर अरेवियाको जहाज आबुधावीबाट काठमाडौं आउने गरि उडान तालिका तय भएको छ ।

२७ जुनमा नेपाल एयरलाइन्सले दोहा उडान गर्नेछ । यो दिन हिमालय एयरलाइन्सले क्वालालाम्पुर र दुबईमा एक÷एक उडान गर्नेछ । कतार एयरवेज दोहाबाट काठमाडौं आउने छ । जजिरा एयरवेज कुवेतबाट काठमाडौं आउने गरि तालिका तय भएको छ ।

२८ जुनमा नेपाल एयरलाइन्स दुबई जाने छ । हिमालय एयरलाइन्सले साउदीको दमाममा उडान गर्नेछ । कतार एयरवेजले दोहाबाट उडान गर्नेछ । २९ जुनमा नेपाल एयरलाइन्स दोहा जाने छ । सो दिन टर्कीबाट टर्किस एयरलाइन्स नेपाल आउने छ ।

फ्लाई दुबई दुबईबाट काठमाडौं आउने छ । ओमानबाट सलाम एयरको जहाज काठमाडौं आउने छ । ३० जुनमा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरवेजले कुवेतबाट उडान गर्ने गरि तालिका तय भएको पर्यटन मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस