२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविका स्थगित परीक्षा साउनदेखि

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह र स्नातकोत्तर तहका परीक्षा साउनमा सञ्चालन गर्ने भएको छ । त्रिविले स्थगित भएका र परीक्षा हुन बाँकी रहेका स्नातक र स्नातकोत्तर तहका परीक्षा साउनमा गर्ने गरी कार्यतालिका पास गरेको स्रातले जानकारी दिएको छ ।

कार्यतालिकाअनुसार स्नातक तह दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष(पुरानो समूह)को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने तयारी छ ।

यो निर्णयसँगै मानविकी, व्यवस्थापन, शिक्षा र विज्ञान अध्ययन संस्थानमा स्नातक तह पहिलो वर्षमा अध्ययनरत झण्डै दुई लाख ५० हजार भन्दा बढी विद्यार्थीको परीक्षा सञ्चालन हुने भएको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भइरसका कारण करिब २० महिनादेखि स्नातक तह प्रथम वर्षका परीक्षा अहिलेसम्म हुन सकेका छैनन् ।

त्रिविले वार्षिक प्रणालीमा अध्ययन गरेका यी विद्यार्थीलाई पुरानै प्रणालीबाट परीक्षा लिने निर्णय गरेको छ । विद्यार्थी संखय धेरै भएका कारण अनलाइन या अन्य माध्यमबाट परीक्षा लिन सम्भव नभएपछि परीक्षाका लागि पुरानै प्रणाली अपनाउन लागिएको हो ।

विशेष परिस्थितिका कारण विद्यार्थीलाई परीक्षा केन्द्र छनोट गर्न अवसर दिने निर्णय भएको छ । सामान्य अवस्थामा भने परीक्षा केन्द्र सार्न मिल्दैन । परीक्षा केन्द्र छनौट पछि परीक्षा केन्द्र थप्नुपर्ने अवस्था आउने बताइएको छ ।

स्नातकोत्तर तह दोस्रो वर्षका विद्यार्थीका लागि भने अनलाइनबाट परीक्षा फाराम भराउने भएको छ । विद्यार्थीको परीक्षा छिटो सञ्चालन गर्न सहज होस् भनेर अनलाइन माध्यमबाट परीक्षा फाराम भर्ने व्यवस्था मिलाइएको हो । यी विद्यार्थीको परीक्षा भदौभित्र गर्ने त्रिविको योजना छ ।

प्रतिक्रिया दिनुहोस