भिरबाट लडेर वडासदस्यको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भिरबाट लडेर वडासदस्यको मृत्यु


९ असार २०७८, बुधबार


जाजरकोट । भिरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन भएको छ ।

भेरी–२ डिंगा घरबाट बाहुनथानास्थित वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा उनी लडेर घाइते भएकी थिइन् ।

घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै ज्यान गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस