२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङका पर्यटकीयस्थलमा उद्यान निर्माण

अ+ अ-

बागलुङ । यहाँका दुई पर्यटकीयस्थलमा उद्यान निर्माण गरिएको छ । गलकोट नगरपालिका–७ मल्म, राम्चेढुङ्गा र वडा नं ३ हटिया, सहस्रधारामा उद्यान बनेको हो । गण्डकी प्रदेश सरकारको ‘शहरी वन प्रवद्र्धन तथा उद्यान निर्माण’ योजनाअन्तर्गत गत आर्थिक वर्षदेखि उद्यानको काम थालिएको थियो ।

उद्यान निर्माणका लागि जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत रु १२/१२ लाख बजेट आएको थियो । कूल रु १५ लाखको योजनामा स्थानीयवासीले रु तीन लाख बराबरको श्रमदान गरेका थिए । राम्चेढुङ्गाको आठ रोपनी जग्गा समेटेर उद्यान बनाइएको निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले बताए ।

उक्त बजेटबाट उद्यानसम्म पुग्ने २०० मिटर पदमार्ग, प्रवेशद्वार, टिकटकक्षसहितको भवन, शौचालयलगायत संरचना निर्माण गरिएको उहाँनको भनाइ छ । हरियाली उद्यानका लागि त्यहाँ विभिन्न प्रजातिका बोटबिरुवासमेत रोपिएको छ । स्थानीय जनहित माविको नाममा रहेको जग्गामा उद्यान बनाइएको हो ।

उद्यानबाट आउने आम्दानी आधा विद्यालयले पाउने सहमति छ । थप आर्थिक स्रोत जुटाएर पोखरी, विश्रामस्थल, मन्दिर आदि निर्माण गरेर बृहत् पर्यटकीय उद्यानका रूपमा विकास गर्ने लक्ष्य लिइएको अध्यक्ष थापाले बताए । ‘सबै पूर्वाधार तयार गर्दा रु एक करोड जति बजेट लाग्ने हाम्रो अनुमान छ’, उनले भने ।

राम्चेढुङ्गालाई जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल बनाउन स्थानीयवासी कस्सिएका छन् । गाउँले जनजीवन, कला र संस्कृति झल्काउने सांस्कृतिक सङ्ग्रहालय पनि निर्माणको अन्तिम चरणमा छ । गण्डकी प्रेदशसभा सदस्य चन्द्रबहादुर बुढाको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रु ११ लाख बजेटबाट सङ्ग्रहालय भवन बन्न लागेको हो । उक्त सङ्ग्रहालय बनेपछि राम्चेढुङ्गामा नयाँ पर्यटकीय आकर्षण थपिनेछ । मनोरम प्रकृति, भू–बनोट र हिमशृङ्खलाको अवलोकन त्यहाँका मुख्य आकर्षण हुन् ।

गलकोटको अर्को आकर्षक गन्तव्यस्थल सहस्रधारा झरना परिसरमा बनेको उद्यानले त्यस क्षेत्रको सौन्दर्य बढाएको छ । उद्यान निर्माण योजनाअन्तर्गत झरनासम्म पुग्ने पदमार्ग, पोखरी, शौचालय, बगैँचा निर्माण, वृक्षरोपणलगायतका काम गरिएको वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए । ढाडाको पाखा सामुदायिक वन क्षेत्रमा उद्यान निर्माण गरिएको हो । सहस्रधारा क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणका लागि नगरपालिकाले पनि बर्सेनि लगानी गर्दै आएको छ । ‘सहस्रधारा झरनालाई साहसिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ पूर्वाधार निर्माणमा जोड दिएका छौँ’, वडाध्यक्ष भण्डारीले भने।

उक्त झरनामा दुई वर्षअघि पहिलोपटक व्यावसायिकरूपमा क्यानोनिङ खेलाइएको थियो । राम्चेढुङ्गा र सहस्रधारा गलकोटका उदाउँदा पर्यटकीयस्थल हुन् । राम्चेढुङ्गामा व्यावसायिक प्याराग्लाइडिङ र सहस्रधारा झरनामा छाँगावरोहण (क्यानोनिङ) खलेको सम्भावना छ । पूर्वाधार निर्माणसँगै पर्यटकीय आकर्षण थपिन थालेपछि दुवै ठाउँ घुम्न जानेको सङ्ख्या पनि बढ्दो छ । उद्यान निर्माणले पर्यटकीय आकर्षण बढ्नुका साथै पर्यावरण पनि संरक्षण हुने जनाइएको छ । शहर वरिपरिका खाली एवं पाखो जग्गालाई हरियाली क्षेत्रका रूपमा विकास गर्न वन प्रवद्र्धन तथा उद्यान निर्माणको योजना ल्याइएको हो ।