प्रतिनिधिसभा विघटनरिुदको रिटमा आजदेखि निरन्तर सुनुवाइ हुने « प्रशासन
Logo १२ माघ २०७८, बुधबार
   

प्रतिनिधिसभा विघटनरिुदको रिटमा आजदेखि निरन्तर सुनुवाइ हुने


९ असार २०७८, बुधबार


high court

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ।

सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा आनन्द मोहन भट्टराईको संवैधानिक इजलास बनाइएको छ।

सर्वोच्चको सोही इजलासले गत जेठ २६ गते अदालतले राष्ट्रपति कार्यालयलगायत विपक्षीका नाममा देखाऊ आदेश जारी गरेको थियो।

त्यस्तै संसद् विघटन गर्नुको कारण ७ दिनभित्र लिखित रूपमा बुझाउन सरकारका नाममा आदेश दिएको थियो। सोही आदेश अनुसार राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाले पनि लिखित जवाफ बुझाइसकेका छन्।

यस्तै संवैधानिक इजलासले अदालतको सहयोगीका रूपमा नेपाल बार र सर्वोच्च बारबाट २–२ जना वरिष्ठ अधिवक्ता रहने गरी एमिकसक्युरी मागेको थियो । सोही अनुसार असार एक गते इजलासलाई सहयोग गर्न चार जना एमिकस क्युरी चयन भएका छन्।

नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले दुई र दुई जना जना वरिष्ठ अधिवक्ता एमिकस क्युरी चयन गरेको हो। नेपाल बारले वरिष्ठ अधिवक्ता राघवलाल वैद्य र उषा मल्ल पाठकलाई एमिकसक्युरीको रूपमा चयन गरेको छ।

त्यस्तै सर्वोच्च अदालत बार एसोसिएसनले पनि दुई जना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीको रूपमा मनोनयन गरेको छ। वरिष्ठ अधिवक्ता कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसी एमिकस क्युरीको रूपमा चयन भएका भएका छन्।

 

Tags :
प्रतिक्रिया दिनुहोस