१८ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी अस्मिता हत्या प्रकरण : हत्या भएको पुष्टि, डिएनए परीक्षणको तयारी

अ+ अ-

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–८ स्थित स्वास्थ केन्द्रमा कार्यरत कर्मचारी अस्मिता धामीको हत्या गरिएको पुष्टि भएको छ ।

असार ५ गते परशुराम नगरपालिका –९ स्थित सामुदायिक वनमा हत्या गरिएको अवस्थामा फेला परेकी धामीको हत्या गरिएको सुदूरपश्चिम प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार : डडेल्धुरामा एक कर्मचारीको बीभत्स हत्या

असार २ गते परशुराम नगरपालिका–८ जमरानीबाट कोरोना भाइरस विरुद्धका बाँकी रहेका खोप पुर्याउन जोगबुढा अस्पताल जाने क्रममा बेपत्ता भएकी धामीको असार ५ गते परशुराम नगरपालिका–९ स्थित हट्वानी सामुदायिक वनमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । शव पोष्टमार्टमका लागि जोगबुढा अस्पताल लगिएको थियो ।
अस्पतालमा दक्ष जनशक्तिको अभावमा पोष्टमार्टम गर्न ढिलाई भएको थियो । तीन दिनपछि मात्रै पोष्टमार्टम रिपोर्ट आएको प्रहरीले जानकारी दिएको छ ।

धामीको हत्या भएको पुष्टि भएपनि बलात्कारपछि हत्या गरिएको हो की होइन भनी प्रष्ट पार्न डिएनए टेष्ट गर्नुपर्ने चिकित्सकहरुको सल्लाह छ । सोही बमोजिम धामीको नमूना संकलन गरी डिएनए परीक्षणका लागि काठमाडौँ पठाउने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार : कर्मचारी अस्मिता हत्या प्रकरण : अनुसन्धानका लागि दुई वटा प्रहरी टोली परिचालन

पीडित पक्षले अस्मिताको हत्याको निस्पक्ष छानविन गरी हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने लगायतका विषयसहित पाँच बुँदे माग राख्दै आन्दोलन गरेको थियो ।

नगरप्रमुखले धामीको हत्यामा संलग्नलाई पत्ता लगाइ कानुनी दायरमा ल्याउने र धामीको परिवारलाई आवश्यक राहत तथा क्षतिपूर्ति दिने र परिवारका एक जनालाई रोजगारी दिनप्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस