२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेरोजगार किसानलाई कृषि र पशुपालनमार्फत आत्मनिर्भर बनाइने

अ+ अ-

दार्चुला । अपि हिमाल गाउँपालिकाले बेरोजगारलाई कृषि र पशुपालन व्यवसायमार्फत आत्मनिर्भर बनाउने नीति कार्यक्रम ल्याएको छ । जिल्लाकै दुर्गम क्षेत्रको हिमाली गाउँपालिकाले कृषि र पशुपालनको राम्रो सम्भावना रहेको भन्दै बेरोजगारलाई यसतर्फ लक्ष्य गरी नीति कार्यक्रम ल्याएको छ ।

गाउँपालिकाको १२औँ गाउँसभाले ‘समृद्धि र खुशी अपिका लागि जादुगरीका चार आधार, स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन बोक्ने रोजगारीको दिगो पूर्वाधार’ भन्ने मूल नाराका साथ नीति कार्यक्रम सार्वजनिक गरेको छ । कोभिडले रोजगारी गुमाएकालाई गाउँ फर्काएर रोजगारी दिने नीति लिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले बेरोजगारलाई कृषि र पशुपालनतर्फ आत्मनिर्भर गराउने उद्देश्य राखेको छ ।

गाउँपालिकाभित्रका बेरोजगारहरूको लगत सङ्कलन गरी पालिकाभित्र रोजगार बैंक स्थापना गर्ने गाउँपालिकाको नीति कार्यक्रम रहेको छ । बेरोजगारलाई भौतिक पूर्वाधारमा रोजगार दिलाउने गाउँपालिकाले जनाएको छ । यस्तै प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत १०० जनालाई रोजगार दिलाइने योजना गाउँपालिकालको छ । कोभिड–१९ का कारण समस्यामा परेकालाई आयआर्जनमुखीतर्फ आत्मनिर्भर बनाउने गाउँपालिकाको नीति छ ।

‘हाम्रो गाउँ हाम्रो ठाउँ, बाँझो जमीन रहने छैन कुनै ठाउँ’ भन्ने नारालाई आत्मसात् गर्दै महामारीमा गाउँ फर्किएकालाई रोजगारी सुनिश्चितता हुने नीति समेटिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताउनुभयो । गाउँपालिकाले कृषि आधुनिकीकरण कार्यक्रममार्फत ‘एक बस्ती, एक उत्पादन’ कार्यक्रम लागू गर्नेछ ।

किसानको बाली बीमामा जोड दिइने छ । किसानको उत्पादनलाई कृषि उपज सङ्कलन केन्द्र, प्याकेजिङ, लेबलिङ तथा बजारीकरणमा सहजीकरण गरिने उल्लेख छ। आधुनिक ओखर, स्याउ, अमिलो जातका फलफूलका विरुवाहरु वितरण गरिने र व्यावसायिकतामा जोड दिइने नीति लिइएको छ । गाउँपालिकाको मुख्य उत्पादनका रूपमा रहेका रैथाने बाली (राजमा, जौ, कोदो, फापर आदि), मसला बाली रायो, लसुन, बेसार, अदुवा, प्याज, धनियाको संरक्षण, आधुनिकीकरण तथा व्यावसायिकरण गर्ने नीति अवलम्बन गरिएको छ ।

पशुपालनमा जोड दिन भेडाबाख्रा संरक्षण कार्यक्रम, तथा भेडा प्रवद्र्धन गरिने छ । सबै वडामा भेटेरिनरी शाखा विस्तार गरिने नीति छ । यस्तै कोभिडका कारण बेरोजगारी भएका कृषकलाई पशुपालनमा आत्मनिर्भर बनाई आयआर्जनमा वृद्धि गर्न किसानहरू ‘गरे सिक्छन् देखे विश्वास गर्छन्’ भन्ने कुरालाई पुष्टि गर्न एक वडा एक उत्पादन कार्यक्रम लागू गरिने भएको छ ।

किसानको खेतबारीमा कार्यक्रम
सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ को वार्षिक नीति कार्यक्रम सार्वजनिक गरेको छ । नगरप्रमुख हंशराज भट्टले सोमबार महाकाली नगरपालिका कार्यालयमा आगामी आर्थिक वर्षको नीति कार्यक्रम सार्वजनिक गरेका हुन्। आगामी नीति कार्यक्रममा अधिकांश पुरानै कार्यक्रम जोडिएका छन् । नगरपालिकाले किसानको पेशा सुनिश्चित गर्न तथा प्राविधिक समस्या समाधान गर्न किसानको खेतीबारीमा कार्यक्रम ल्याउने भएको छ ।

कृषि पेशामा लागेका कृषकलाई निरन्तर कृषि पेशामै संग्लन गराउन तथा प्राविधिक समस्या समाधान गर्न यस्तो कार्यक्रम ल्याउन लागिएको हो । कृषि उत्पादनमा वृद्धि गर्न सिँचाइ नपुगेका जमीनमा सिँचाइ पहुँच उपलब्ध गराइने नीति कार्यक्रममा उल्लेख छ । यसका लागि नगरपालिकाले ठूला सिँचाइ योजनाअन्तर्गत सकार सिँचाइ, मझौला सिँचाइ योजनाअन्तर्गत काकडा सिँचाइ, झुस्कु सिँचाइ तथा साना सिँचाइ योजना मखौली, धाप सिँचाइ सञ्चालनमा ल्याउने उल्लेख गरिएको छ ।

व्यावसायिक कृषि गरिरहेका किसानलाई पहिचान गरी कृषक परिचयपत्र वितरणको व्यवस्थापन मिलाइने नगरप्रमुख भट्टले उल्लेख गरेका छन् । यस्तै उहाँले कृषक पेन्सन कोषमार्फत कृषकको योगदानको कदर गरी सम्मानित गरिने बताएका छन् । नगरपालिकाभित्रको वातावरणीय समृद्धिका लागि ‘एक घर, एक फल बिरुवा’ वितरण तथा उत्पादनका आधारमा अनुदान वितरण कार्यक्रमलाई व्यवस्थित गरिने उल्लेख छ ।

यस्तै नगरपालिकाले दुग्ध उत्पादनका लागि उन्नत भैँसी पाल्ने कृषकलाई प्रोत्साहन गर्ने तथा युवाशक्तिलाई कृषि पशुपालनमा आकर्षित गर्ने नीति लिएको छ । तरकारी र मासुमा आत्मनिर्भर बनाउन तथा कृषि तथा पशु व्यवसायमा आबद्ध हुने युवालाई तीन वर्षसम्मको ब्याज नगरपालिकाले बेहोर्ने गरी रु १० लाखसम्मको ऋण अनुदानका लागि वित्तीय संस्थासँग सहकार्य गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस