निषेधाज्ञामा स्थगित काठमाडौँ जिल्ला प्रशासनको सेवा भोलिदेखि नियमित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निषेधाज्ञामा स्थगित काठमाडौँ जिल्ला प्रशासनको सेवा भोलिदेखि नियमित


७ असार २०७८, सोमबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधाज्ञाका कारण स्थगित गरेका सेवा मंगलबार(भोलि)देखि नियमित गर्ने भएको छ ।

प्रशासनले जनस्वास्थ्यको मापदण्ड पालना गरी नियमित रूपमा दिँदै आएको सेवाहरू सुचारु गर्ने भएको हो ।

कोभिड–१९ को सङ्क्रमण उच्च भएपछि वैशाख १३ गतेदेखि अत्यावश्यक बाहेकको सेवा स्थगित गरेको थियो । यसअघि प्रशासनले निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा भने दिँदै आइरहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस