जसपा विवादमा आयोगले माग्याे ठाकुर पक्षसँग लिखित जवाफ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जसपा विवादमा आयोगले माग्याे ठाकुर पक्षसँग लिखित जवाफ


७ असार २०७८, सोमबार


काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) भित्र विवाद निरुपणको प्रक्रिया सुरु गरेको छ ।

असार ४ गते उपेन्द्र यादव पक्षले केन्द्रीय कार्यकारिणी समितिको निर्णयसहित आधिकारिकतासम्बन्धी विवाद निरुपण गरिपाउँ भनी निर्वाचन आयोगमा पत्र दिएपछि आइतबार आयोगले उक्त दावीबारे महन्थ ठाकुर पक्षसँग लिखित जवाफ माग गरेको हो ।

आयोगको बैठकले यादव पक्षका दावीको विषयमा लिखित जवाफ पेश गर्न ठाकुर पक्षलाई १५ दिनको सूचना दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस