भोलिदेखि टुटल र पठाओ सञ्चालनमा आउने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भोलिदेखि टुटल र पठाओ सञ्चालनमा आउने


७ असार २०७८, सोमबार


काठमाडौँ । भोलिदेखि उपत्यकामा टुटल र पठाओ सञ्चालनमा आउने भएका छन् । सरकारले भोलिदेखि जोर बिजोर प्रणाली अनुसार सवारी चलाउन दिने निर्णय गरेसँगै राइड सेयरिङ कम्पनी टुटल र पठाओले पनि सेवा सञ्चालनमा ल्याउने भएको हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकामा जारी निषेधाज्ञा आज राति देखि केही खुकुलो बनाउँदै जोरबिजोर सवारी सञ्चालन गर्न दिने सरकारको निर्णय छ । मङ्गलवारदेखि निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू हुने छ ।

यद्यपि कोरोना महामारीको जोखिम केही कम भएपछि अझै जोखिम रहेको भन्दै निषेधाज्ञा भने पूर्णरुपमा हटाइएको छैन ।

निषेधाज्ञाका कारण गत वैशाख १६ गतेदेखि नै टुटल र पठाओको राइड सेयरिङ सेवा पनि बन्द थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस