योग परम्परालाई नयाँ उचाइबाट अघि बढाइनुपर्छ: उपप्रम पौडेल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

योग परम्परालाई नयाँ उचाइबाट अघि बढाइनुपर्छ: उपप्रम पौडेल


७ असार २०७८, सोमबार


काठमाडौँ । उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले प्राचीन कालमा नेपाली भूमिबाट शुरु भएको योगको परम्परालाई नयाँ उचाइबाट अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

सातौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पतञ्जलि योग समिति नेपालले आज बिहान जुम प्रविधिबाट आयोजना गरेको कार्यक्रमा अर्थमन्त्रीसमेत रहेका उनले श्रमको चरित्र बदलिएसँगै स्वस्थ जीवन र स्वस्थ मनका लागि योगको नियमित अभ्यासको महत्व अझ बढेर गएको बताए ।

पछिल्लो समय योगको महत्व विश्वव्यापी रुपमा स्थापित हुनु नेपाल र नेपालीका लागि गौरवको विषय रहेको पौडेलको भनाइ थियो । योगलाई विश्वस्तरमा स्थापित गर्न स्वामी रामदेव र आचार्य बालकृष्णले गर्नुभएको योगदानको उनले प्रशंसा गरे ।

कार्यक्रममा पतञ्जलि योग समिति नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्रले अन्तर्राष्ट्रिय योग प्रोटोकलको अभ्यास गराएका थिए । कार्यक्रममा जुम प्रविधिबाट योग अभ्याससमेत गराइएको थियो । योगबाट समस्त मानवजातिलाई लाभान्वित तुल्याउँदै आयुर्वेदको उपयोगितालाई अझ विस्तारित गर्नुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस