ज्वाला सङ्ग्रौलासहित तीन जना पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

ज्वाला सङ्ग्रौलासहित तीन जना पक्राउ


६ असार २०७८, आइतबार


काठमाडौँ । सामाजिक अभियन्ता भनेर सामाजिक सञ्जालमा प्रचार गर्दै आएकी ज्वाला सङ्ग्रौलासहित तीन जना अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

खुस्बु घिमिरेले अभद्र व्यवहार गरेको उजुरीको आधारमा प्रहरीले ज्वाला(टीका संग्रैला)सँगै हिमाल उपाध्याय र शर्मिला वाइबालाई पक्राउ गरेको हो ।

केही दिन अगाडि प्रहरी सहायक निरीक्षक मणिकान्त झाविरुद्ध रङ्गभेदी अभिव्यक्ति दिएको भन्दै उनको चौतर्फी विरोध भएको थियो । उनीहरुविरुद्ध मधेसी आयोगमा बुधवार उजुरी परेको थियो ।

ज्वालाको समूहसँगै नियन्त्रणमा लिइएका अन्य दुई जना माथिसमेत अनुसन्धान सुरु भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस