उपत्यकाका सिडिओहरू बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उपत्यकाका सिडिओहरू बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी


६ असार २०७८, आइतबार


काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बेठक बस्दै छ । उपत्यकामा जारी निषेधाज्ञाबारे आवश्यक निर्णय गर्न बैठक बस्नन लागेको हो ।

बैठक आज दिउँसो पछि बस्ने बताइएको छ । उक्त बैठकमा निषेधाज्ञा थप गर्ने र कुन–कुन क्षेत्र खुल्न दिने भन्नेबारे छलफलबाट निर्णय हुने जनाइएकाे छ ।

उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि असार ७ गतेपछि सकिँदैछ ।

अहिले खाद्यान्न र तरकारी पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ भने निर्माण सामग्री विक्री गर्ने पसल अपरान्ह ४ बजेपछि खुल्दै आएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस