सरकारमा सहभागी जसपाका सबै मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने यादव पक्षको निर्णय « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सरकारमा सहभागी जसपाका सबै मन्त्रीलाई पार्टीबाट निष्कासन गर्ने यादव पक्षको निर्णय


३ असार २०७८, बिहिबार


काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले सरकारमा सहभागी सबै मन्त्रीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले जेठ ८ गतेको बैठकको निर्णयकै आधारमा सरकारमा सहभागी जसपाका नेताहरू स्वतः निष्कासनमा परेको प्रष्ट पारेको हो । बैठकले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समर्थन जनाएका ४ जना सांसदलाई कारवाही गर्ने प्रक्रिया थाल्ने निर्णय समेत गरेको छ ।

यस्तै बैठकले निर्वाचन आयोगले गत जेठ ३१ गते दिएको निर्णयको राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ । जसअनुसार राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार पार्टीको आधिकारीकता दावी गर्न निर्वाचन आयोगमा निवेदन दिइनेछ ।

आफु पक्षको जसपा नै आधिकारिक पार्टी हो भनेर बहुमत सदस्यहरू निर्वाचन आयोगमा भौतिक रुपमै उपस्थित भएर निवेदन दिने निर्णय गरेको जसपा नेता डम्बर खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार दलको नाम, विधान, झण्डा र निर्णयको आधिकारिकता दावी गर्न छिट्टै आयोगमा निवेदन दिइनेछ ।

बैठकले ढुंगा, गिटी लगायत खानीजन्य निर्माण सामाग्री निकासीको निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । पार्टीस्तरबाट चुरे संरक्षण अभियान चलाउने निर्णय समेत भएको नेता खतिवडाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस