२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीको उच्च जोखिममा गाइघाट बजार

अ+ अ-

उदयपुर । उदयपुरको गाइघाट बजार बाढीको उच्च जोखिममा छन् ।

प्रत्येक वर्ष वर्षायामको सुरु भएसँगै गाइघाट बजार बाढीको उच्च जोखिममा पर्दै आएको हो । जिल्लाको त्रियुगा नगरपालिका—११ गाइघाट शिवालय टोलस्थित बरुवा खोलामा पानीको बहाव बढ्दै गएपछि गाइघाट बजार बाढीको उच्च जोखिम देखिएको हो ।

वर्षेनी वर्षाको समयमा उच्च जोखिममा रहने गरे तापनि दिगो हिसाबमा जोखिम न्यूनीकरणका लागि ध्यान जान सकेको छैन् । ‘खोला नियन्त्रणका लागि बलियो तटबन्धन निर्माण नहुँदा गाइघाट बजार बाढीको उच्च जोखिममा छ’, स्थानीयवासी शिबबहादुर कार्कीले भने, ‘बरुवा खोला किनारका पुराना साना तटबन्धहरु बाढीले वर्षेनि भत्काउँदै आएको छ । कमजोर तटबन्धका कारण गाइघाट बजार अहिले उच्च जोखिममा परेको छ ।’

ट्रयाक्टर व्यवसायीहरुले खोला किनार र तटबन्ध क्षेत्रमा समेत मनपरी उत्खनन गरेर ढुङगा निकाल्ने गर्नाले बरुवा खोलाको पुरानो तटबन्ध क्षेत्र कमजोर भएका कारण गाइघाट बजार नै उच्च जोखिमा रहेको उनको भनाइ छ ।

गत वर्षको बाढीले झण्डै सय मिटरभन्दा बढी तटबन्ध तथा बाँध भत्काएपछि नगरपालिकाको सहयोगमा नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासीले हजारौं बोरामा बालुवा राखेर सो तटबन्ध मर्मत गरेका थिए । यहाँका बासिन्दा वर्षायामसँगै बाढीले बगाउने डरले चैनको निन्द्रा नपर्ने गरेको अर्का स्थानीयवासी जीतबहादुर कार्कीको भनाइ छ ।

खोलामा दैनिक पानीको बहाव बढ्न थालेपछि स्थानीयवासी बारम्बार त्रसित हुने गरेका छन् । अत्यधिक पानी परेको अवस्थामा बाढी आएमा गाइघाट बजार खतरामा पर्ने भन्दै स्थानीयवासी रणबहादुर कटुवालले चिन्ता व्यक्त गरे । समयमै विपत् न्यूनीकरण गर्न दीर्घकालीन हिसाबमा नसोच्ने हो भने गाइघाट बजार सङ्कटमा पर्ने उनको भनाइ छ ।

‘स्थायी रुपमा बलियो बाँध निर्माण नहुँदा २०३२ सालमा बरुवा खोलामा आएको बाढी गाइघाट बजारमा प्रवेश गर्दा पचास घर विस्थापित भएको थियो’, स्थानीयवासी ८३ वर्षीय रत्नबहादुर श्रेष्ठले भने, ‘२०३७ सालको बाढीले ११० घर विस्थापित भएको थियो भने २०४२ र २०४९ सालमा आएको बाढीले पनि सयौं घरपरिवार विस्थापित भएको थियो ।

गाइघाट बजारको जोखिम न्यूनीकरण गर्न अहिलेसम्म कुनै पनि निकायको ध्यान जान नसकेकाले त्यहाँको जोखिम जस्ताको तस्तै रहेको उनले भनाइ छ ।

प्रतिक्रिया दिनुहोस