विभूषणका लागि खुल्ला दरखास्त आह्वान « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विभूषणका लागि खुल्ला दरखास्त आह्वान


३ असार २०७८, बिहिबार


काठमाडौँ । यस वर्षको विभूषण प्रदान गर्न सरकारले सूचना प्रकाशित गरेको छ । संविधान दिवसको दिन सरकारबाट विभूषित हुन आफूलाई विभूषणको लागि योग्य छु भन्नेहरूले असार २० गतेभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न आह्वान गरिएको छ।

सूचनामा भनिएको छ, ‘विभूषणका लागि योग्य महानुभावहरूलाई आफूले गरेका योगदानको आधार प्रमाणसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न सूचना प्रकाशित गरिएको छ । ।

विभूषणका लागि दाबी प्रमाणसहित प्राप्त निवेदनलाई छानबिन गरी असार मसान्त भित्र प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयमा पठाइसक्नु पर्नेछ । गृह मन्त्रालयमा रहेको सिफारिस समितिले विभूषण प्रदानको निर्णयका लागि मन्त्रिपरिषदमा सिफारिस गर्नेछ ।

सरकारले प्रत्येक वर्ष संविधान दिवसको दिन देश र समाजलाई विशिष्ट योगदान पुर्याएकाहरुलाई विभूषण तथा पदकबाट सम्मान गर्दै आइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस