२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनसँग ४० लाख डोज खोप किन्दै सरकार

अ+ अ-

काठमाडौँ । सरकारले चिनियाँ कम्पनी सिनोफर्मसँग ४० लाख डोज खोप किन्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहमति दिएको हो ।

नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मूल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने बताएको थियो । स्वास्थ्य सेवा विभागले त्यही कारण खरिद प्रक्रिया अघि बढाउन सकेन ।

तर अरू कम्पनीसँग खरिद प्रक्रिया अघि नबढेपछि चिनियाँ प्रस्तावअनुसार नै सरकार ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न सहमत भएको छ । तर नेपालको विद्यमान कानुनले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न अनुमति दिँदैन । यसबारे पनि सरकाले औपचारिक जानकारी दिएको छैन ।

बुधवार बसेको कोभिड १९ निर्देशक समितिमा प्रधानमन्त्री ओलीले ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरको जानकारी दिए ।

खोपको पहिलो लट जुन महिनाभित्रै आउने जनाइएको छ । उनले अन्य देशहरूसँग पनि खोप खरिदका लागि प्रयास भइरहेको जानकारी दिए ।

आगामी साउनदेखि नागरिकलाई पनि खोप लगाउने प्रक्रिया सुरु गरिने प्रधानमन्त्री ओलीको भनाइ छ ।

यस्तै, हिमालयन टेलिभिजनको ‘यक्ष प्रश्न’मा कुराकानी गर्दै परराष्ट्रमन्त्री रघुवीर महासेठले चीनसँग ४० लाख र अमेरिकाको जोनसन एन्ड जोनसन कम्पनीसँग ५० लाख डोज खोप किन्ने बताएका छन् ।

जोनसन एन्ड जोनसन कम्पनीको ५० लाख डोज खोप विश्वबैंकमार्फत किन्न लागेकोसमेत मन्त्री महासेठले जानकारी दिए ।

सरकारले चीनसँग ४ अर्ब ५० करोडको सीमाभित्र रहेर खोप किन्ने निर्णय गरेको बताइएको छ । प्रतिडोज १० देखि १२ डलरको बीचमा मूल्य पर्ने गरी खोप खरिद गर्ने सम्झौता हुँदैछ । यसअघि चीनले अनुदानमा दिएको सिनोफर्माको ‘भेरोसेल’ खोप नै खरिद गर्न लागिएको हो ।

खोप उत्पादकहरूले ९० दिनभित्र खोप उपलब्ध गराउने बताएको मन्त्री महासेठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस