सिंहदरवारमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक जारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सिंहदरवारमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक जारी


प्रशासन संवाददाता

२ असार २०७८, बुधबार


काठमाडौँ । सिंहदरवारमा विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक बसिरहेको छ।
सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले क्षति पुर्‍याएको खबर सार्वजनिक भए लगत्तै समितिको बैठक सिंहदरवारमा बसेको हो ।
बैठकमा सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था र गर्नुपर्ने कामका विषयमा छलफल हुने छ । कार्यकारी समितिको अध्यक्ष गृहमन्त्री हुने व्यवस्था छ ।
मङ्गलवार साँझ आएको बाढी र पहिरोका कारण सिन्धुपाल्चोकमा सात जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस