जबर्जस्ती करणीका फरार प्रतिवादी पक्राउ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

जबर्जस्ती करणीका फरार प्रतिवादी पक्राउ


१ असार २०७८, मंगलबार


पक्राउ

कञ्चनपुर । जबर्जस्ती करणीका फरार प्रतिवादी वेदकोट नगरपालिका–५ का २० वर्षीय सिप्पु खुनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

बहेला सामुदायिक वनमा शारीरिक अपाङ्गता भएकी युवतीलाई जबर्जस्ती करणी गरी खुना बिहीबार फरार भएका थिए।

खुनालाई ओझाखाली वनमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

सोही घटनामा संलग्न अर्का धनबहादुर विकलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस