उपत्यकामा पानी वितरणको कार्यतालिका फेरबदल, २ देखि १२ दिन बिराएर पानी आउने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

उपत्यकामा पानी वितरणको कार्यतालिका फेरबदल, २ देखि १२ दिन बिराएर पानी आउने


३१ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । उपत्यकामा खानेपानी वितरणको कार्य तालिका फेरबदल गरिएको छ । मेलम्ची खानेपानी आयोजनाको मर्मत सम्भार गर्नुपर्ने भएकाले दैनिक आउँदै गरेको १७ करोड लिटर पानी उपलब्ध नहुने भएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले खानेपानी वितरणको तालिकामा फेरबदल गरेको हो ।

मेलम्ची आयोजनाका मर्मत सम्हारको लागि २ महिना लाग्ने अनुमान गरिएको छ । मेलम्चीको मर्मत नसकिएसम्मको लागि बदलिएको खानेपानीको तालिका लागू हुने लिमिटेडले जनाएको छ ।

नयाँ तालिका अनुसार थोरैमा २ दिनमा एकपटक र बढीमा १२ दिन बिराएर पानी वितरण गरिने छ । सोमबार केयूकेएलले जारी गरेको विज्ञप्ति अनुसार महांकाल, मीनभवन, ठिमी स्टेसनबाट वितरण हुने पानी ७ दिन बिराएर वितरण हुनेछ ।

यसैगरी सैबु ललितपुरबाट वितरण हुने पानी सानेपा, मंगलबजार र कुपण्डोलमा १२ बिराएर आउने छ ।

बालाजु स्टेसनबाट वितरण हुने पानी ९ दिन बिराएर आउनेछ ।

सबैभन्दा कम कीर्तिपुरबाट वितरण हुने पानी भने २ दिन बिराएर दिइने केयुकेएलले सूचना तालिकामा उल्लेख गरिएको छ।

पानीको उपलब्धता अनुसार तालिकामा परिमार्जन हुनेसमेत खानेपानी लिमिटेडले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस