निषेधाज्ञामा होटल खोलेको भन्दै युनाइटेड विजनेश होटलका सञ्चालकलाई ४ लाख जरिवाना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निषेधाज्ञामा होटल खोलेको भन्दै युनाइटेड विजनेश होटलका सञ्चालकलाई ४ लाख जरिवाना


३० जेष्ठ २०७८, आइतबार


काठमाडौँ । निषेधाज्ञाको समयमा होटल खोलेको भन्दै प्रशासनले सञ्चालकलाई जरिवाना तिराएको छ ।

निषेधाज्ञाको समयमा होटल खोलेको आरोपमा त्रिपुरेश्वरस्थित युनाइटेड विजनेश होटलका सञ्चालक अश्विल श्रेष्ठलाई ४ लाख रुपैयाँ जरिवाना तिराइएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार होटलमा सेवाग्राहीको रुपमा गएर हो–हल्ला गर्ने थप ८ जनालाई पनि जरिवाना तिराइएको छ । उनीहरुलाई १५ हजार रुपैयाँको दरले जरिवाना तिराइएको हो ।

प्रशासनले लगाएको निषेधको आदेश उल्लंघन गरे व्यक्तिलाई १ लाख र संस्थालाई ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस