भारतीय सेनामा नेपाली महिलाहरूका लागि भर्ना खुल्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतीय सेनामा नेपाली महिलाहरूका लागि भर्ना खुल्यो


३० जेष्ठ २०७८, आइतबार


काठमाडौँ । भारतीय सेनामा नेपाली महिलाहरूका लागि पहिलो पटक भर्ना खुलेको छ । भारतीय आर्मीले महिला मिलिटरी पुलिस पदका लागि नेपालीसहित १०० जनाको लागि विज्ञापन आह्वान गरेको हो ।

भर्ना हुने इच्छुकले आगामी जुलाई २० सम्म आवेदन दिन सक्ने छन् । आवेदन भारतीय सेनाको वेबसाइट  joinindianarmy.nic.inमा गएर भर्न सकिने छ । आवेदन दिने व्यक्तिको उमेर १७ वर्ष पुरा भई २१ वर्ष ननाघेको हुनुपर्ने छ । तर सहिद परिवारको हकमा उमेर हद ३० वर्ष कायम गरिएको छ ।

कक्षा १० उत्तीर्ण गरेको र प्रत्येक विषयमा ३३ प्रतिशत अङ्क र कूल ४५ प्रतिशत अङ्क ल्याएको हुनुपर्ने छ । अनलाइनबाट प्रवेश पत्र प्राप्त गर्न सकिने र छनोटको मिति र स्थान पनि सोही कार्डमा उल्लेख गरिने जनाइएको छ ।

आवेदकले अविवाहितको प्रमाणपत्र पनि अनिवार्य पेस गर्नुपर्ने भनिएको छ ।

सूचना :

 

Tags :
प्रतिक्रिया दिनुहोस