गोरु काटेका अभियोगमा दश युवा पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गोरु काटेका अभियोगमा दश युवा पक्राउ


२९ जेष्ठ २०७८, शनिबार


गलकोट । गोरु काटेका अभियोगमा गलकोट नगरपालिका –११ ठुलपोखरका दश युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गलकोट –११ ठुलपोखरीका ३१ वर्षीय बिष्णु श्रीष, सोही स्थानका ३६ वर्षीय लालबहादुर श्रीष, ३२ वर्षीय मोहनश्रीष, ३८ वर्षीय तुलबहादुर श्रीष र ३० वर्षीय यमबहादुर श्रीष छन् । यसैगरी ३५ वर्षीय टंक सुनार, २६ वर्षीय मनोज श्रीष, ४१ वर्षीय झम काउच , २८ वर्षीय बल बहादुर बि।क र ४४ वर्षीय वेलबहादुर श्रीष छन् ।

शुक्रबार राति गलकोट-११ ठुलपोखरी भन्ने स्थानमा गोरु काटेरमासु खाएको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज उनीहरुलाई जिल्ला सदरमुकाम झिकाइएको कार्यालयका प्रहरी नायवउपरीक्षक इकवाल हवारीले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस