२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैद्यलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनुपर्छ : अध्यक्ष पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले नाथुराम गोड्से बनेर प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने भनि कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन् ।

उहाँले एक विज्ञप्तिमार्फत वैद्यले वाग्मती प्रदेशसभाको बैठकको रोष्टरमा उभिएर दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै दोषीलाई कारवाही गर्नुपर्ने माग गरेका छन्। ‘महात्मा गान्धिलाई नाथुराम गोड्सेले मारेझै ओलीलाई मार्नुपर्छ र मार्छु भनेर बोलेका छन, प्रदेशसभाको बैठकमा पार्टीका अध्यक्ष र प्रधानमन्त्रीलाई हत्या गर्छु’, भन्ने अभिव्यक्ति विपक्षी गठबन्धनको योजनाअनुसार नै आएको भन्दै पूर्वमन्त्रीसमेत रहेका नेता पोखरेलले कडा कारवाहीको माग गरेका छन् ।

उनले प्रधानमन्त्री ओलीविरुद्ध गठबन्धनमा लागेका केही दलका नेता तथा कार्यकर्ताले राजनीतिक र वैचारिकरूपमा मात्र नभई भौतिकरूपमा उनलाई सफाया गर्न सक्ने सूचना प्राप्त भइरहेको भन्दै वैद्यको अभिव्यक्ति सोहीअनुसार आएको भनाइ छ ।

‘प्रदेशसभाको बैठकमा पार्टीका अध्यक्ष र प्रधानमन्त्रीलाई हत्या गर्छु भनेर बोल्ने व्यक्तिलाई प्रदेशसभाबाट निलम्बन गरी तत्कालै पक्राउ गरी ज्यान मार्ने उद्योग गरेको अभियोग मुद्दा चलाउन माग गर्दछु’, नेता पोखरेलले भने, ‘यो विषय सामान्य होइन, व्यक्तिले मात्र लहडमा बोलेको होइन, यसमा गम्भीर षड्यन्त्र लुकेको छ, यसमा संलग्न सबै दोषी पत्ता लगाउन एक शक्तिशाली आयोग बनाई तथ्यसत्य पत्ता लगाई सार्वजनिक गर्न नेपाल सरकार र प्रदेश सरकारसँग जोडदार माग गर्दछु ।’

प्रतिक्रिया दिनुहोस