सभामुख सापकोटा र शीर्ष नेताबीच छलफल प्रारम्भ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सभामुख सापकोटा र शीर्ष नेताबीच छलफल प्रारम्भ


२८ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने शीर्ष नेता र पूर्वप्रधानमन्त्रीको बैठक शुरु भएको छ ।

संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा शुरु भएको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, बाबुराम भट्टराई, उपेन्द्र यादव, प्रेम सुवाललगायत नेताहरुको सहभागी रहेको छ ।

नेता झलनाथ खनाल अनलाइन माध्यमबाट सहभागी हुने छन् भने, प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रणा पठाए पनि उनी सहभागी भएका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस