२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोनाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च

अ+ अ-

कञ्चनपुर । बेलौरी नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई किरिया खर्चवापत रु १५ हजार उपलब्ध गराउने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठकले कोरानाबाट मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको नगर प्रवक्ता विनोद नेपालीले बताए । ‘कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका सबै व्यक्तिका परिवारलाई किरिया खर्च दिने निर्णय गरिएको छ’, उनले भने, ‘केही दिनभित्रै खर्च दिन शुरु गर्छौँ ।’ कोरोनाका कारण नगरपालिकाका १४ जनाको उपचारका क्रममा मृत्यु भएको छ । पाँच सय बढी व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

नगरपालिकाले कुण्डास्थित कोभिड अस्पतालमा उपचारपछि घर फर्किने बासिन्दालाई पनि पोषिलो खाना पनि उपलब्ध गराउने भएको छ । त्यसका लागि दुई हजार बराबरको पोषणयुक्त खानाका सामान उपलब्ध गराउने कार्यपालिकाबाट निर्णय गरिएको छ । कोभिड सङ्क्रमित बालबालिकाको उपचारका लागि भवन बनाउने निर्णय पनि गरिएको छ ।

बेलौरीमा दुई बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । दुवै जना १५ र १६ वर्षका छन् । बालबालिकामा कोरोना सङ्क्रमण फैलिने सक्ने सम्भावनालाई मध्यनजर गरी भवन बनाउन लागिएको हो । त्यस्तै नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरलाई रक्त सञ्चार सेवा केन्द्र सञ्चालनका लागि सहयोग गर्ने निर्णय गरेको छ । कार्यपालिका बैठकबाट रक्त सञ्चार केन्द्रका लागि रु ५० हजार सहयोग गर्ने निर्णय गरिएको छ ।

सङ्क्रमण घट्दै

कञ्चनपुरमा कोरोनाको सङ्क्रमण घट्न थालेको छ । निषेधाज्ञाको प्रभावका कारण कोरोनाको सङ्क्रमण घटेको हो । सङ्क्रमित हुने बिरामीको सङ्ख्याभन्दा निको हुने बिरामीको सङ्ख्या बढ्दोरूपमा रहेको छ । मृत्यु हुने क्रममा समेत निकै कमी आएको छ ।

बिहीबार सङ्क्रमितको सङ्ख्या २३ रहेकामा निको भई घर फर्कनेको सङ्ख्या ५४ रहेको थियो । स्वास्थ्य कार्यालय कञ्चनपुरले उपलब्ध गराएको विवरणअनुसार जिल्लामा सक्रिय सङ्क्रमित ४८७ रहेका छन् । आइसोलेशनमा ११२ र होमआइसोलेशनमा रहेका बिरामीको सङ्ख्या ३७५ रहेको छ । हालसम्म पोजेटिभको सङ्ख्या सात हजार ४६६ रहेकामा निको भई घर फर्केकाको सङ्ख्या छ हजार ७८६ रहेको छ ।

हालसम्म २२ हजार ९९ जनाको पिसिआर परीक्षण गरिएकामा जसमध्ये २२ हजार ३६ जनाको नतिजा प्राप्त भएको छ । पश्चिमी सीमानाका गड्डाचौकीमा एन्टिजेन परीक्षण नौ हजार ७०१ जनाको गरिएकामा जसमध्ये ५४९ जनाको नतिजा पोजेटिभ आएको छ । कोरोनाको दोस्रो लहर शुरु भएसँगै वैशाखयता मात्रै पाँच हजार ९३ जनाको पिसिआर परीक्षण गरिएकामा जसमध्ये चार हजार ८५३ जनाको नतिजा प्राप्त भएको छ ।

प्राप्त नतिजामा तीन हजार ३५८ सङ्क्रमित देखिएका छन् । सोही अवधिमा निको हुनेको सङ्ख्या तीन हजार ४१ रहेको छ । वैशाखयता १४ हजार ४२८ जनाको एन्टिजेन परीक्षण गरिएकामा जसमध्ये दुई हजार १६५ जनाको नतिजा पोजेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस