म्यानमारको सैन्य प्रशासनले सूचीविरुद्ध गम्भीर भ्रष्टाचारको मुद्दा दायर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

म्यानमारको सैन्य प्रशासनले सूचीविरुद्ध गम्भीर भ्रष्टाचारको मुद्दा दायर


२७ जेष्ठ २०७८, बिहिबार


न्यापित । म्यानमारको सैन्य प्रशासनले अपदस्थ नेतृ आङ साङ सूचीविरूद्ध सबैभन्दा गम्भीर भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । जसलाई सुचीको दल नेशनल लिग फर डेमोक्रेसीले सूचीलाई फसाउन लगाइएको भुट्टा आरोप भनेको छ ।

सैनिक प्रशासनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सुचीलाई घुसको रूपमा नगद र सुन लिएको आरोप लगाइएको जानकारी गराएको छ ।

यस आरोपमा सूची दोषी पाइएको खण्डमा १५ वर्ष जेल सजाय हुनसक्नेछ । यस बाहेक उहाँमाथि अवैध रूपले सञ्चार सेट आयात गर्ने र सार्वजनिक अशान्ति पैदा गरेको आरोपमा पनि मुद्दा दर्ता गरिएको छ ।

फेब्रुअरी १ मा सैन्य प्रशासनले सत्ताको बागडोर जम्हालेपछि सूचीलाई पक्राउ गरिएको थियो । त्यसयता नजरबन्दमा भएकी सूची अदालतमा अत्यन्त कम देखिएकी छन् । उनको दलका दर्जनौँ नेता तथा कार्यकर्तालाई पनि विभिन्न आरोपमा पक्राउ गरिएको छ ।

म्यानमारमा सेनाले सत्ताको बागडोर सम्हालेसँगै भएका प्रदर्शनमा सूचीलाई सघाएको आरोपमा सयौँ नागरिकको हत्या गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस