बहराइनमा स्पुतनिक-भी खोप ९४.३ प्रतिशत प्रभावकारी भएको दावी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बहराइनमा स्पुतनिक-भी खोप ९४.३ प्रतिशत प्रभावकारी भएको दावी


२७ जेष्ठ २०७८, बिहिबार


मस्को । रुसको डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआइएफ)ले आफुले बनाएको कोरोना भाइरसविरुद्धको खोप स्पुतनिक–भी बहराइनमा ९४.३ प्रतिशत प्रभावकारी भएको दावी गरेको छ ।

बहराइनमा चलिरहेको खोप अभियानको प्रभावकारिताबारेमा अनुसन्धान गर्दा यस्तो नतिजा देखिएको बहराइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड र निर्देशिका अनुसार अनुसन्धान गरिएको मन्त्रालयलद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

दोस्रो खोप लगाएको १४ दिनपछि मात्रै खोपको पूर्ण प्रभावकारी देखिएको पनि अध्ययनबाट पुष्टि भएको जनाइएको छ । खोप लगाएकाहरु कसैको पनि अहिलेसम्म मृत्युको खवर नआएको र खोप लगाएकाहरू गम्भीर विरामी पनि नभएको उनीहरूको दावी छ ।

बहराइनको मानवीय क्षति न्यून गर्नका लागि रुसी खोपको ठूलो योगदान गरेको पनि बहराइनका अधिकारीहरूले बताउने गरेका छन् । स्पुतनिक–भी को कारण बहराइनको जनजीवन चाडै नै सामान्य अवस्थामा फर्किने अपेक्षा पनि गरिएको त्यहाँको प्रशासनले जनाएको छ ।

‘हाम्रो अध्ययनले कोरोनाभाइरसविरुद्धको खोप स्पुतनिक–भी निकै प्रभावकारी र उपयोगी रहेको देखिएको छ,’ बहराइनका स्वास्थ्य मन्त्री फेक्वा साइद अल सालेहले भने । अधिराज्यभरी रहेका सवै नागरिकलाई यो खोप निःशुल्क र सहजै उपलब्ध हुने व्यवस्था गरिएको पनि उनले बताए ।

कोरोना भाइरस विरुद्ध स्पुटनीक भी खोप प्रयोग गर्ने देशहरु मध्ये बहराइन ६७औँ देश भएको पनि रुसी अधिकारीहरुले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस