२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निषेधाज्ञाको समयमा दुईसय लैङ्गिक हिंसा

अ+ अ-

काठमाडौँ । कोरोना सङ्क्रमणका कारण सरकारले गरेको निशेषधाज्ञाको एक महिनाको समयमा देशभर २०० लैङ्गिक हिंसाका घटना घटेका छन् । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाको एक महिनाको अवधिमा महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले गरेको अनुसन्धानमा २०० लैङ्गिक हिंसाका घटना घटेको पाइएको हो ।

केन्द्रका अनुसार लैङ्गिक हिंसाका २०० घटनामध्ये २४ प्रतिशत अर्थात (४७ जना) महिला तथा बालबालिकामाथि यौनिक हिंसाका घटना घटेका छन् । केन्द्रका कार्यकारी निर्देशक लुभराज न्यौपानेले सिङ्गो मुलुक कोरोना महामारीतर्फ लक्षित भइरहँदा महिला तथा बालबालिकामाथि हत्या, यौनशोषण र बलात्कारजस्ता घटना घटिरहेको बताए ।

केन्द्रका अनुसार यसै सातामात्र तीनवटा यौनजन्य हिंसाका घटना घटेका छन् । सुर्खेतको गुर्भाकोट गाउँपालिका–९ मा एक किशोरीमाथि मञ्जुरीबिना मदिरा सेवन गरी यौन दुव्र्यवहार गरेको, बाँकेकी २२ वर्षीया महिलाको दाइजोमा मोटरसाइकल नपाएको निहुँमा परिवारकै सदस्यबाट हत्या भएको घटना छन् ।

यस्तै लमजुङको राइनास नगरपालिका–९ मोहोरियास्थित विद्यालयमा अध्यापन गर्ने शिक्षकले १४ वर्षीय एक किशोरीलाई पटकपटक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । उक्त घटनालाई कमजोर बनाउन किशोरीलाई नै विभिन्न लाञ्छना लगाएर दोषी देखाई प्रहरीमा समेत उजुरी दर्ता गर्न अवरोध आएको केन्द्रले जनाएको छ ।

महिला र बालबालिकामाथि विभिन्न समयमा लैङ्गिक तथा यौन हिंसा भए पनि घटनालाई लुकाउनका लागि अनेक बहाना देखाउँदा न्याय प्राप्तिमा समस्या देखिएको सो केन्द्रले जनाएको छ ।

गम्भीर प्रकृतिका मानव अधिकार हननका घटना दर्ता, अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाई महिलाको मानव अधिकारको सम्मान र संरक्षण गर्दै हिंसा प्रभावितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न ओरेकले सम्बन्धित निकायसँग आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस