२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले सुदूरपश्चिममा कसले कसलाई कारबाही

अ+ अ-

धनगढी । नेकपा (एमाले) को स्थायी कमिटीको यही जेठ १० गतेको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन सकेन ।

पार्टीको निर्णय विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टका पक्षमा एमालेकै बहुमत सदस्यले विश्वासको मत दिएपछि प्रदेशभित्र एमाले पार्टी र संसदीय दल दुई धारमा देखिएर एकले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने क्रम चलिरहेको छ ।

एमालेबाट निस्काशित नेता माधवकुमार नेपाल समूहका १७ ले मुख्यमन्त्रीको पक्ष र संस्थापनका सात सांसदले विपक्षमा मतदान गरेपछि अहिले विवाद उत्कर्षमा पुगेको छ । विपक्षमा मत दिने सात प्रदेशसभा सदस्यलाई प्रदेश संसदीय दलले स्पष्टीकरण सोधेको छ भने पार्टीको निर्णय नमानी पक्षमा मत दिने १७ सांसदलाई पार्टीको निर्देशन विपरीत गएकोले कारबाही गरिने एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले जनाएका छन् ।

संसदीय दलका नेता प्रकाशबहादुर शाहले संस्थापन पक्षका प्रदेशसभा सदस्य पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ बोहरा, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

शाहले एमाले संसदीय दलको ह्विप उल्लङ्घन गरेको भन्दै स्पष्टीकरण सोध्दै आज ५ बजेभित्र दलको कार्यालयमा स्पष्टीकरण दिन निर्देशन जारी गरेको र निर्धारित समय भित्र स्पष्टीकरण नबुझाइए वा स्पष्टीकरण चित्त बुझ्दो नभए संसदीय दलको विधान अनुसार कारबाही गर्ने समेत चेतावनी दिएका थिए ।

स्पष्टीकरण सोधिएका सात मध्ये एमाले कैलाली अध्यक्ष तथा प्रदेशसभा सदस्य रतन थापाले आफूहरूले पार्टी निर्णय अनुसार मतदान गरेकोले पार्टी निर्णय विपरीत जानेहरूले स्पष्टीकरण सोध्नु हास्यास्पद भएको बताएका छन् । उनले दलिय व्यवस्थामा दलको निर्णयलाई लत्याउँदै त्यसको खिलापमा जाने १७ सासंदलाई कारबाही हुने बताए ।

एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले मुख्यमन्त्रीलाई विश्वासको मत दिने प्रदेशसभा सदस्यलाई कारबाही हुने बताएका छन् । अध्यक्ष थापाले पार्टीको निर्देशन विपरीत अर्को दलको मुख्यमन्त्रीलाई विश्वासको मत दिनु राजनीतिक अपराध भएकोले यस्ता गतिविधि गर्नेलाई कारबाही गरिने बताएका हुन् । अध्यक्ष थापाले पार्टीको निर्देशन विपरीत गई मत दिनेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिने तथा प्रत्यक्ष निर्वाचित र समानुपातिक सबै सांसदलाई पार्टीबाट निष्कासन गरिने स्पष्ट पारे ।

यसअघिस्थायी कमिटीको निर्णय विपरीत सरकारलाई दिएको समर्थन कायम राखेको तथा पार्टी विरोधी गतिविधि गरेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले यहाँका संसदीय दलका नेता शाहलाई स्पष्टीकरण सोधेका थिए भने प्रदेश कमिटीले सरकारमा सहभागी मन्त्रीहरू दीर्घ सोडारी, माया भट्ट, पूर्णा जोशीलगायतलाई स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस