२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा साना भूकम्प जाने क्रम जारी

अ+ अ-

काठमाडौँ । लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पपछि नेपालमा साना भूकम्प जाने क्रम जारी रहेको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार यही जेठ ५ गते बिहान भुलभुले केन्द्रविन्दु भएर गएको ५.८ रेक्टरस्केलको भूकम्पपछि नेपालमा साना भूकम्प जाने क्रम जारी रहेको छ ।

केन्द्रका भूकम्पविद् भरत कोइरालाले लमजुङको भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पपछि नेपालमा चार रेक्टर स्केलभन्दा ठूलो पाँच पटक भूकम्प गएको बताए । ‘नेपाल भूकम्पीय दृष्टिकोणले जोखिम क्षेत्र रहेकाले नेपालमा जुनसुकै समयमा पनि भूकम्प जान सक्छ’, कोइरालाले भने । भुलभुले केन्द्रविन्दु भएर गएको भूकम्पमा छ जना घाइते हुनाका साथै २०० भन्दा धेरै घरमा क्षति पुगेको थियो ।

विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प गएपछि उक्त भूकम्पलाई सम्झाउने गरी जेठ ५ गते भूलभूले केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।

भुलभुलेको भूकम्प गोरखा भूकम्पको पराकम्प हो वा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको सो केन्द्रले जनाएको छ । गोरखा भूकम्पपछि नेपालमा चार रेक्टरस्केलभन्दा ठूला ५५८ भूकम्प गइसकेको भूकम्पविद् कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस