२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निषेधाज्ञाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका योजना प्रभावित

अ+ अ-

बैतडी । बैतडीमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका योजनाहरु शुरु हुन सकेका छैनन् । निषेधाज्ञाका कारण ती योजना सञ्चालन हुन नसकेका हुन् । उक्त कार्यक्रम अन्तर्गत जिल्लाका १ सय ३० विद्यालयका योजना छनौट भएका छन ।

उक्त कार्यक्रमका लागि छनोट भएका विद्यालयहरुमा कक्षाकोठा निर्माण, खानेपानी सहितको शौचालय, कम्प्युटर प्रयोगशाला स्थापना, पुस्तकालय तथा विज्ञान प्रयोगशाला, शिक्षामा नवीन प्रविधि प्रर्वद्धन, सिकाइ सामग्री उपलब्धि अभिवृद्धि, विशेष विद्यालय र भौतिक पुर्वाधार विकास लगायत योजना निर्माणको काम गर्न भनिएको छ ।

असार मसान्तसम्ममा नै योजना सम्पन्न गर्नेगरी बजेट विनियोजन भएपनि निषेधाज्ञाका कारण योजनाका कामहरु प्रभावित भएका शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो । निषेधाज्ञाका कारण उक्त अवधिमा निर्माण सम्पन्न हुने सम्भावना छैन् ।

उनले भने,‘निर्माण सामग्री ढुवानीको समस्या छ, ढिला गरी बजेट विनियोजन भयो, कार्यान्वयनमा समस्या छ ।’ कुनै कुनै स्थानीय तहमा रहेका विद्यालयले स्थानीयस्तरमा रहेका स्रोत साधनको प्रयोग गरेर पनि काम गरिरहेका समन्वय एकाइका प्रमुख अवस्थीको भनाइ छ । उनले भने, ‘निर्माण सामग्रीको अभाव भएकोले अधिकांश विद्यालयमा काम नै शुरु भएको छैन्, तोकिएको समयमा काम सकिने अवस्था छैन् ।’

उक्त कार्यक्रम अन्र्तगत आफ्नो विद्यालयमा कक्षाकोठा निर्माण र शिक्षण सामग्री खरिदको योजना परेकोले उक्त कार्य जारी रहेको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटमा रहेको सनातन धर्म मावि खोचलेकका प्रधानाध्यापक वलदेवनाथले बताए ।‘गाउँपालिकासँग सम्झौता गरेर कक्षाकोठा निर्माणको कार्य जारी राखेका छौं’, उनले भने, ‘निषेधाज्ञाले बाहिर जान सकिराखेका छैनौ, स्थानीय स्रोत साधनको प्रयोग गरेर काम गरिरहेका छौं, हामी समयमै काम सम्पन्न गर्छौ ।’ विद्यालयमा छनौट भएका योजनाले शैक्षिक गुणस्तर सुधारका लागि टेवा पुग्ने समेत प्रधानाध्यापक वलदेवनाथको विश्वास छ ।

छनौट भएका विद्यालयले स्थानीय तहमार्फत रकम पाउने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । उक्त कार्यक्रमका लागि जिल्लाका १० वटै स्थानीय तहका २ सय ८ विद्यालयको आवेदन पेश भएकोमा १ सय ३० विद्यालय मात्रै छनौट भएका थिए। जिल्लाको दुर्गम सिगास गाउँपालिकाका सबैभन्दा बढी २७ वटा विद्यालयहरु छनौट भएका छन् ।

यस्तै पुर्चौडी नगरपालिकाका १९, मेलौली नगरपालिकाका १७, सुर्नया गाउँपालिकाका १६, पाटन नगरपालिकाका १४, डिलाशैनी गाउँपालिकाका १० र दशरथचन्द नगरपालिकाका ९ वटा विद्यालयहरु छनौट भएका हुन । दोगडाकेदार गाउँपालिकाका ७, शिवनाथ गाउँपालिकाका ६ र पञ्चेश्वर गाउँपालिकाका ५ विद्यालयहरु छनौट भएका छन् ।

विद्यालयले पेश गरेको कार्यक्रमको आधारमा छ लाख ५० हजार देखि एक करोड रुपैंयासम्म विद्यालयले प्राप्त गर्ने गरी छनौट गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दुई कोठे भवन बनाउन १८ लाख, चार कोठे भवन बनाउन ३६ लाख र विज्ञान प्रयोगशाला बनाउन ६ लाख ५० हजार रुपैयाँ उपलब्ध गराइएको छ । यस्तै पुस्तकालय निर्माण गर्न ६ लाख ५० हजार र शैक्षिक सामग्री व्यवस्थापनका लागि ६ लाख ५० हजार रकम विद्यालयलाई उपलब्ध गराइने विवरणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस