१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनप्रतिनिधि र कर्मचारीद्वारा ‘कन्सन्ट्रेटर’ सहयोग

अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले आर्थिक स्रोत जुटाएर अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएका छन् । जनप्रतिनिधिले पाउने सुविधाबाट आधा महिनाको रकम र कर्मचारीले स्वैच्छिक नगद सङ्कलन गरेर जुटाएको रकमबाट छ थान अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर बेनी अस्पताललाई उपलब्ध गराएका हुन ।

नगर उपप्रमुख सञ्जु बरुवाल र प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले शुक्रवार बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई कन्सन्ट्रेटर हस्तान्तरण गरे । कोरोना भाइरसबाट सङ्क्रमित भएकाको उपचारका लागि प्रयोग गरिने कन्सनटे«टर महामारी पछि श्वास प्रश्वास सम्बन्धी समस्या भएका अन्य रोगका बिरामीको उपचारमा उपयोग गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कटुवालले बताए ।

प्रमुख प्रशासकीय अधिकृत सुबेदीले जनप्रतिनिधि र कर्मचारीहरूबाट सङ्कलित रकमबाट रु। चार लाख ८० हजार खर्चेर प्रति मिनेट पाँच लिटर क्षमताको अक्सिजन कन्सनटे«टर खरिद गरेर अस्पताललाई उपलब्ध गराइएको बताए।

अस्पताललाई आवश्यक पर्ने थप स्वास्थ्य उपकरण पनि उपलब्ध गराइने उनले बताए । नगरपालिकाले अस्पतालमा बीस शय्या क्षमताको आइसोलेसन स्थापना गर्न करिब रु। सात लाख खर्च गरेको छ । माउन्ट एभरेष्ट आवासीय माविको पुरानो भवनमा प्रिआइसोलेसन सञ्चालन, टोल टोलमा पुगेर लक्षण देखिएकाको स्वाब नमुना सङ्कलन र एन्टिजेन परीक्षण, सङ्क्रमितलाई अस्पताल र स्वास्थ्य संस्था पुग्न तथा घर फर्कन निःशुल्क गाडीको व्यवस्था मिलाइएको छ । होम आइसोलेसनमा बसेका सङ्क्रमितको अवस्था बुझ्न, मनोबल बढाउन र जनचेतना अभिवृद्धिका लागि स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरूको टोलीले घरदैलो गरेका छन् ।

यसैगरी माउन्ट हर्ट नेपाल संस्थाले शुक्रवार म्याग्दीको मालिका गाउँपालिकालाई रु.१२ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको पहलमा सो सामग्री सहयोग प्राप्त भएको हो । त्यसमा सात थान अक्सिजन कन्सन्ट्रेटर, सात थान भोल्टेज रेगुलेटर लगायत सामग्री छन् । माउन्ट हर्ट नेपालले यसअघि बिहीबार मुस्ताङको जोमसोम अस्पताल र पाँच वटा स्थानीय तहलाई दुई/दुई वटाका दरले अक्सिजन कन्सन्ट्रेटर उपकरण लगायत स्वास्थ्य उपकरण सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस