काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ ।
कोरोना माहामारीका कारण भर्चुअल माध्यमबाट बिहीबार देखि शुरु भएको बैठक अहिले ११ बजेबाट शुरु हुँदैछ ।
बिहीबार ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए । बाँकी नेताहरुले छलफलमा राय राखेपछि आज बैठक सकिनेछ ।
पार्टीभित्रको विवाद, विकसित राजनीतिक अवस्था र भावी योजना तय गर्नेगरी बैठक चलिरहेको छ ।