२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब सातामा ५ अन्तर्राष्ट्रिय उडान हुने

अ+ अ-

काठमाडौँ । सरकारले थप तीन देशका लागि हवाई उडान खुला गरेको छ ।

जेठ १३ गते (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मङ्गलवारदेखि लागू हुने गरी चीन, टर्की र कतारका लागि उडान खुला भएको हो । यससँगै अब हरेक हप्ता ५ वटा नियमित उडान हुनेछन्। चीन, टर्की र कतारका लागि हप्तामा १–१ तथा भारतका लागि हप्तामा २ वटा उडान हुनेछन्।

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले हप्तामा २ वटा नियमित उडान भर्ने छ। नेपाल एयरलाइन्सले हरेक हप्ताको सोमबार काठमाडौँ–दोहा–काठमाडौँ उडान भर्ने छ। यस्तै, हरेक हप्ताको बुधवार काठमाडौँ–दिल्ली– काठमाडौँ उडान भर्ने छ।

यस्तै, टर्किस एयरलाइन्सले हरेक बिहीबार इस्तानबुल–काठमाडौँ–इस्तानबुल उडान भर्ने छ। कतार एयरवेजले हरेक हप्ताको सोमबार दोहा–काठमाडौँ–दोहा उडान भर्ने छ।

यसै गरी एयर इन्डियाले हरेक हप्ताको शुक्रवार दिल्ली–काठमाडौँ–दिल्ली उडान भर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण फैलिएसँगै सरकारले वैशाख तेस्रो सातादेखि अन्तर्राष्ट्रिय हवाई उडानहरू बन्द गरेको थियो । तर नेपाल एयरलाइन्स र एयर इन्डियाले नेपाल–भारतबिच हप्तामा एक–एकवटा उडान भर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस