२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दहचोकस्थित मनमोहन मेडिकल कलेजको भवनलाई सरकारले उपयोग गर्ने

अ+ अ-

काठमाडौँ । सरकारले प्रस्तावित मनमोहन मेडिकल कलेज शिक्षण अस्पतालको बेसिक साइन्सका लागि तयार पार्न लागिएका भवनमा कोभिड–१९ केयर युनिटमा अक्सिजन प्लान्ट, आइसियू र अन्य आवश्यक व्यवस्थापन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज चन्द्रागिरि नगरपालिकास्थित दहचोकमा रहेको सो कलेजको भवनको आज स्थलगत अनुगमन गर्दै कोरोना नियन्त्रणका लागि विभिन्न संरचनालाई प्रयोग गर्ने क्रममा ३०० श्ययाको सरुवा रोग अस्पतालका रुपमा भवनलाई अगाडि बढाउन लागेको जानकारी दिए । निरीक्षण अनुगमनमा उनीसँगै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ उपस्थित थियो ।

मन्त्री त्रिपाठीले राज्यको लगानीमा बनेको उक्त अस्पताल संरचनाको उच्च मुल्याङ्कन गर्दै शीघ्र सञ्ंचालन गरिने उल्लेख गरे । उक्त पूर्वाधारलाई पूर्ण सदुपयोग गर्न स्थानीय स्वास्थ्य संस्था वा सुविधा सम्पन्न अस्पतालको रुपमा सञ्चालन गर्ने सरकारसँग दुई विकल्प रहेको जानकारी दिए ।

उनले समुदायस्तरमा कोभिड रोकथामका लागि विविध उपाय अवलम्बन गरिने क्रमसँगै कोभिड सङ्क्रमण दर घट्न लागेको जानकारी दिए । सङ्क्रमणको तेस्रो लहरको जोखिम आउँदै गर्दा पहिलो चरणमा बृद्धबृद्धा, दोस्रो चरणमा युवा पुस्तालाई सङ्क्रमणको जोखिम देखिए जस्तै तेस्रो लहरमा बालबालिका सङ्क्रमणको जोखिममा रहेको हुँदा बेलैमा सचेत हुँदै पूर्वतयारी थाल्नु जरुरी रहेको उनको भनाई थियो ।

भारतबाट २० लाख मात्रा खोप खरिद गरिएकोमा १० लाख ल्याइसकिएको र १० लाख मात्रा भारतमा सङ्क्रमण फैलिएकाले ल्याउन नसकिएको जानकारी दिँदै उनले बाँकी खोप खरिदका लागि मन्त्रालयले प्रक्रिया अघि बढाएको बताए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री श्रेष्ठले भौतिक संरचनालाई तल्काल सञ्चालन गरिनुपर्नेमा उनको जोड थियो । उनले अस्पताल संरचना बनेर पनि सञ्चालन नहुँदा भएका भवन जीर्ण हुँदै जानु दुखद् रहेको जनाउँदै सञ्चालनमा रोक लगाउने भन्ने कुरा मान्य नहुने बताए । अनुगमनको क्रममा कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा धर्मदत्त सुवेदीलगायतले वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए ।

उक्त अस्पतालमा तीन सय श्ययाका लागि आवश्यक पूर्वाधार पनि रहेको र यसबारे सिसिएमसीलगायतमा कुरा राखिसक्दा पनि स्थापनाको पहल नभएको उनले गुनासो गरे।

महत्वपूर्ण अस्पताल संरचना आँखै अगाडी भएर पनि यसबाट कुनै स्वास्थ्य लाभ लिन अपाउँदा दुःख लाग्ने गरेको स्थानिय बासिन्दाको भनाई छ । चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जन, वडा नं १ का वडाध्यक्ष राजेन्द्र केसीलगायतले अस्पतालका लागि आवश्यक पूर्वाधार र जनशक्ति सरकारले चाँडो उपलब्ध गराएर शीघ्र अस्पताल सञ्चालनमा ल्याउनुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस