२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भत्ता वृद्धि भएसँगै लमजुङका वृद्धवृद्धामा छायो खुशी

अ+ अ-

लमजुङ । सरकारले शनिबार सार्वजनिक गर्दै गरेको बजेट भाषण सुन्दै हुनुहुन्थ्यो दोर्दी गाउँपालिका–३ का ८५ वर्षीया मनमाया गुरुङ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी २०७८/७९ को बजेट भाषण गर्दै जाने क्रममा जब सामाजिक वृद्धभत्ता ३३ प्रतिशत वृद्धि भनेपिछ उनको चाउरी परेको अनुहारमा खुशीको भाव पोखियो ।

वृद्धभत्ताबाटै जीवनयापनमा केही सहज बनाउँदै आएकी उनी अब वृद्धभत्ता रु चार हजार हुने सुनेपछि एकाएक फुरुङ्ग भइन्। मनमायाले बढेको वृद्धाभत्ताले परिवारको जीवन र आफूलाई सहज हुने भन्दै सरकार सधैँ यसरी ज्येष्ठ नागरिकको सहारा बन्नुपर्ने बताइन्।

त्यस्तै मध्यनेपाल नगरपालिका–३ सूर्यपालका ७४ वर्षीय मनबहादुर गोतामे र ६४ वर्षीया चिजामाया गोतामे पनि रेडियोबाट बजेट भाषण सुनिरहेकी थिइन् । उनीहरुसमेत सरकारले बढाएको वृद्धाभत्ताबाट खुशी भए । मनबहादुरले भने, ‘पहिला–पहिला धेरै कम वृद्धाभत्ता हुने गरेको थियो, अहिले त वृद्धि हुँदै रु चार हजार पुगिसक्यो, सबै ज्येष्ठ नागरिक खुशी हुनुपर्छ ।’ उनीहरु मात्र होइन, जिल्लामा रहेका अधिकांश ज्येष्ठ नागरिक वृद्धभत्तामा भएको वृद्धिले खुशी भएका छन् । जीवनमा कोही नभए पनि सरकार रहेको भन्दै उनीहरु हर्षित भएका छन् ।

विसं २०५१ मा तत्कालीन नेकपा एमालेको सरकार हुँदा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको पालामा रु १०० बाट शुरु भएको वृद्धभत्ता हाल नेकपा एमालेकै सरकार केपी ओली शर्माको पालामा आगामी आर्थिक वर्षबाट रु चार हजार पुगेको छ । बेँसीशहर–११ चितीका ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष रुद्रनिधि तिवारीले वृद्धभत्ताले नुन, तेल, चामल खान पुग्ने बताए ।

उनले भने, ‘हुन त सरकारले जति बढाए पनि पुग्दैन तर सन्तुष्ट मान्ने हो भने यतिका रकम राम्रै हो ।’ त्यस्तै ज्येष्ठ नागरिक सङ्घ लमजुङका कोषाध्याक्ष हरिप्रसाद अधिकारीले भने, ‘सरकारले वृद्धाभत्ता बढाएको छ, यो राम्रै हो । दुःख पाएका र कम आयस्तरका ज्येष्ठ नागरिकलाई त धेरै सहयोग पुग्छ ।’

प्रतिक्रिया दिनुहोस