२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सकारात्मक समाचारले मनोबल उच्च हुन्छ ’

अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले कोरोना सङ्क्रमणका समयमा सकारात्मक समाचारलाई उच्च प्राथमिकता दिन सञ्चारकर्मीसँग आग्रह गरेका छन् ।

उनले भने ‘महामारीको समयमा सकारात्मक समाचारले नागरिकको मनोवल उच्च बनाउन सहयोग गर्छ ।’ महासङ्घ वाग्मती प्रदेश समितिले आज यहाँ आयोजना गरेको ‘वर्तमान अवस्थामा पत्रकार आचारसंहिताको पालना र सञ्चारकर्मीको भूमिका’ विषयक भर्चुअल अन्तरक्रियामा उनले कोरोना कहरका बीच सञ्चारकर्मीले निर्वाह गर्नुभएको भूमिका अहंम छ भने।

महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका क्षेत्रमा भएका काम  नागरिकलाई जानकारी गराउँदै पत्रकार आचारसंहितको पूर्ण पालना गर्नमा सम्पूर्ण पत्रकार लाग्नुपर्ने बताए ।  महासङ्घका महासचिव रोशन पुरीले कोरोना सङ्क्रमणका कारण समस्यामा परेका सञ्चारकर्मीको उपचार र राहतमा महासङ्घले सहयोग गर्ने जानकारी दिए ।

महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष शिव देवकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडा, सुनिल खड्का, वाग्मती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप बिष्ट, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला पाण्डेलगायतले कोरोना सङ्क्रमणका कारण समस्यामा परेका सञ्चारकर्मीको उपचारमा राज्यले विशेष भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

 शिवपुरी गाउँपालिकालाई स्वास्थ्य सामग्री 

शान्ति र लोकतन्त्रका लागि महिला नेपाल लैनचौरले नुवाकोटको शिवपुरी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमितको संख्या बढेपछि सहयोग गरिएको जनाइएको छ । संस्थाका अध्यक्ष शोभा प्रधान श्रेष्ठले खरिद गरेको उक्त सामाग्री संस्थाका सल्लाहकार राजबाबु पाण्डेले गाउँपालिकाका प्रमुख रामकृष्ण थापालाई आज हस्तान्तरण गरे ।

हस्तान्तरित सामाग्रीमा १०० थान एन्टीजिन किट, ५०० एमएलको स्यानिटाइजर २०, स्प्रे स्यानिटाइजर २४, के एन ९५ माक्स ३०० र पञ्जा एकहजार  छन् । कार्यक्रममा समाजसेवी पाण्डेले आगामी दिनमा पनि शिवपुरीको विकास र विस्तारमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस