२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अज्ञात समूहले आगो लगाउँदा महिला गम्भीर

अ+ अ-

डोटी । जिल्लाको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटलाई आफ्नै पसलमा सुतिरहेको अवस्थामा गएराति अज्ञात समूहले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीले लक्ष्मीलाई अज्ञात समूहले आगो लगाउँदा गम्भीर घाइते भएको बताए । उनले भने, ‘आगोले जलेर लक्ष्मी गम्भीर घाइते हुनु भएको छ, कसले र किन आगो लगायो भन्ने विषयमा प्रहरी टोली घटना स्थलमा खटिएको छ, विस्तृत अनुसन्धान हुँदै छ ।’

महिलाको दिपायल राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लक्ष्मीको ६० प्रतिशत शरीरको भाग आगोले जलेको उपचारमा सम्लग्न सुजङ अस्पतालका चिकित्सकले जानकारी दिएका छन् । अज्ञात समूहले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको बुझिएको आदर्श गाउँपालिका–४ का अध्यक्ष नारायण पछेराले बताए ।

प्रज्वलनशील पदार्थ पेट्रोल हो वा मट्टीतेल त्यो भने खुल्न नसकेको इलाका प्रहरी कार्यालय मौवा नगरदहबाट घटना स्थलमा खटिएका प्रहरी निरीक्षक किसनबहादुर चन्दले बताए । उनले भने, ‘घटनास्थलमा डिजल जस्तो गन्ध आएको छ, पेट्रोल, डिजल वा मट्टीतेल के हो यकिन गर्न सकिएको छैन्, अन्य अनुसन्धानबाट विस्तारै खुल्छ होला ।’

घटना लगतै लक्ष्मीका श्रीमान सन्तोष फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका श्रीमान पक्राउ परेपछि घटनाको विस्तृत विवरण खुल्ने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्ले जानकारी दिए । फरार भएका सन्तोष गाडी चालक भएको र उनकी दुई श्रीमती भएका कारण उनले नै घटना घटाएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस