फोहोर विसर्जनले कुरूप बन्दै रत्न राजमार्ग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

फोहोर विसर्जनले कुरूप बन्दै रत्न राजमार्ग


१३ जेष्ठ २०७८, बिहिबार


कर्णाली ब्युरो । सुर्खेत वीरेन्द्रनगर –११ स्थित सुब्बा कुनादेखि रत्न राजमार्गको छेउछाउमा जथाभाबी फालेको फोहोरले राजमार्ग कुरूप बन्दै गएको छ । मानववस्तीरहित रत्न राजमार्ग छेउछाउमा फालेको फोहोरले दैनिक ओहोरो दोहोरो गर्ने उक्त राजमार्ग विरूप बन्दासमेत सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

सुर्खेत वीरेन्द्र नगरपालिकाका मेयर देव कुमार सुवेदीले भने,‘पछिल्लो समयमा नगरपालिकाले उक्त क्षेत्रमा फोहोर फालेको छैन,स्थानीय बासिन्दा र व्यापारीले फोहोर फालेका छन् । दिनमा फोहोर फाल्ने कोही कसैले गदैन्, रातको समयमा फाल्छन् । नगरपालिकालाई जानकारी भएसम्म उक्त क्षेत्रमा फोहोर फाल्नेलाई रु ५ हजारदेखि २५ हजारसम्म जरिवाना लगाएका छौँ, यस्ता कायलाई रोक्न हामी थप प्रयास गर्ने छौँ ।’

वीरेन्द्र नगरपालिका–११ का वडाध्यक्ष नन्दलाल शर्माले प्रशासनसँगको कुराकानीमा रत्नराजमार्गको सरसफाइ वडाले मात्रै गरेर सफा राख्न नसकिने बताए ।

स्थानीय बासिन्दा र व्यापारीले रातको समयमा लुकिछिपी फोहोर फाल्दा, फोहोर थुप्रिँदै गएको उनको भनाइ छ । राजमार्ग सफा राख्न वडाले सहयोग गरेको भए पनि सबै निकाय अग्रसर भई दिए, राजमार्ग छेउछाउ सफा हुने वडाध्यक्ष शर्माले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस