काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले मर्निङ वाकमा पनि रोक लगाएको छ ।
औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामका साथै अत्यावश्यक सेवा लिनु पर्दाबाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन रोक लगाइएको छ ।
प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा यस्तो उल्लेख छ । आदेश अनुसार मर्निङ वाक र इभिनिङ वाक पनि बन्द गरिने भएको छ ।