अफ्रिकी मुलुक गाम्बियासँग कुटनीतिक सम्बन्ध स्थापना « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अफ्रिकी मुलुक गाम्बियासँग कुटनीतिक सम्बन्ध स्थापना


११ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । अफ्रिकी मुलुक गाम्बियासँग कुटनीतिक सम्बन्ध स्थापना भएको छ ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृतकुमार राई र न्यूयोर्कस्थित गाम्बियाका राजदूत ल्याङ याबुबीच कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर भएको हो ।

योसँगै नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको मुलुकको संख्या १७० पुगेको छ ।

गाम्बियाले सन् १९६५ मा संयुक्त राष्ट्रसंघको सदस्यता लिएको थियो । गाम्बिया र नेपाल असंलग्न आन्दोलनका सदस्य राष्ट्र पनि हुन् ।

 

प्रतिक्रिया दिनुहोस