२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्सेमा चमक, हरेक दिन नयाँ रेकर्ड

अ+ अ-

काठमाडौँ । कोरोना कहरले मुलुकका अन्य क्षेत्रमा नकारात्मक प्रभाव परेपनि धितोपत्र बजारमा भने त्यसले कुनै प्रभाव पारेको छैन । हरेक दिन नयाँ नयाँ रेकर्ड बनीरहेको छ । आइतबार सबैभन्दा उच्च बिन्दुमा पुगेको नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएपनि कारोबार रकम भने उच्च देखिएको छ ।

कारोबार रकमका आधारमा आज नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ । अधिकांश लगानीकर्ता घरमै रहेर विद्युतीय माध्यमबाट कारोबार गरेका कारण पनि नेप्सेले नयाँ उचाइ कायम गरेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ३.०७ अङ्कले वृद्धि भई नेप्से दुई हजार ८२३.०६ मा पुगेको छ । नेप्सेको यो उचाइसमेत हालसम्मकै सबैभन्दा बढी हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूच्क समेत १.३१ ले वृद्धि भई ५०८.४९ मा पुगेको छ । कूल २१६ कम्पनीको दुई करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर रु १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार १८८ मूल्यमा खरिद बिक्री भएको छ । निषेधाज्ञाको समयमा भएको यो कारोबार रकम समेत आफैमा ठूलो हो ।

यस्तै, बजार पूँजीकरण समेत रु ३९ खर्ब १७ अर्ब ४० करोड ५३ लाख ४७ हजार ३६९ बराबर पुगेको छ । यो पनि हालसम्मकै उच्च हो । मुलुकको कूल गार्हस्थ्य उत्पादन भन्दा बढी बजार पूँजीकरण पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये आज पाँच उपसमूहको मात्रै शेयर उकालो लागेको छ भने आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैङ्किङ ४.०८, जलविद्युत् ५.२, निर्जीवन बीमा १९६.६४, सामूहिक लगानी कोष ०.०९ र लगानी १.४१ बिन्दुले उकालो लागेको छ । यस्तै, व्यापार ५७.६, होटल तथा पर्यटन १७, विकास बैंक ३२.९, वित्त ३६.४२, उत्पादन ४७.८२, अन्य ९.३१, लघुवित्त ५.३७, जीवन बीमा ५५.६१ बिन्दुले घटेको छ ।

कारोवारका आधारमा आज एचआइडिसिएल शीर्ष स्थानमा रहेको छ । आइतबार मात्रै नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर बिक्रीका लागि स्वीकृति पाएको सो कम्पनीको आज रु एक अर्ब २६ करोड १९ लाख ६७० बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो ।

यस्तै, नेको इन्स्योरेन्स रु ३७ करोड ३३ लाख ७८ हजार २००, नेपाल पुनरबीमा कम्पनी रु २८ करोड २० लाख ९९ हजार ९०२, आइएमई नरल इन्स्योरेन्स रु २५ करोड ७० लाख ७१ हजार ८४२, सूर्य लाइफ इन्स्योरेन्स रु २४ करोड ८१ लाख ९२ हजार ९२९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा बरुण हाइड्रोपावरका लगानीकर्ताले ९.९५ प्रतिशतले कमाए । यस्तै, युनाइटेड इदी मर्दी हाइड्रोपावर ९.८९, माउण्टेन हाइड्रो नेपाल ९.८७, ग्रीन डेभलपमेन्ट बैंक ९.४५, अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले ७.५० प्रतिशतले कमाए ।

त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंक ४.४७, गुडविल फाइनान्स ४.३७, सेन्ट्रल फाइनान्स ४.१३, मिथिला लघुवित्त ३.९६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ३ं९० प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस